नेकपा सचिवालय बैठक: तत्काल पार्टी दर्ता प्रक्रियालाई पुरा गर्ने निर्णय
काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकले मंसिर १४ गते हुन गैरहेको उपनिर्वाचनका लागि यही महिनाभित्र पार्टी दर्ता प्रक्रियालाई पुरा गर्ने निर्णय गरेको छ ।
त्यसको जिम्मा पार्टीका महासचिव विष्णु पौडेललाई दिने निर्णय गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । ‘संवैधानिक र कानुनी ब्यवस्थालाई आधार बनाएर निर्वाचन आयोगले गरेको सूचनाका आधारमा यहि महिनाभित्र नेकपा दर्ताका सबै प्रक्रिया पूरा गर्ने निर्णय भएको छ’ प्रवक्ता श्रेष्ठले भने । अर्को बैठक छिटै बस्ने र एकिकरणका काम टुङ्ग्याउने तयारी गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सिंगापुरबार फर्केपछि पहिलो सचिवालय बैठक बसेको हो । यसअघि भदौ ९ गते प्रचण्डको अध्यक्षतामा पार्टी कार्यालय धुम्बाराहीमा बैठक बसेको थियो । सो बैठकले कार्यविभाजन र पार्टी अनुशासनको बिषयमा केही निर्णय गरेको थियो । जनवर्गीय सङ्गठन र विभागको इञ्चार्ज र सहइञ्चार्जमा केही हेरफेर समेत बैठकले गरेको थियो ।
एकीकरणका काम टुङ्ग्याउनकै लागि ओली सिंगापुरबाट फर्किएपछि दुईअध्यक्षबीच पाँचपटक भेटवार्ता भएको छ । नेकपामा प्रवास कमिटी, ज्येष्ठ कम्युनिष्ट मञ्च, अनुशासन आयोग, महानगरपालिका, केन्द्रीय सल्लाहकार समिति, राष्ट्रिय परिषद्को एकीकरण बाँकी छन् ।
ओली अस्वस्थ देखिएपछि अरु एजेण्डामा छलफल भएन
आज पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीको घाँटीको पाइप निकालिएको र केही अस्वस्थ जस्तो भएपछि बैठक अरु एजेण्डामा प्रवेश नगरेको समेत बताइएको छ । बैठकमा अध्यक्ष ओली र बरिष्ठ नेता माधव नेपालबीच बोलचाल नभएको समेत बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण