बीमा अभिकर्ताले अनिवार्य प्यान लिनुपर्ने, नलिए कमिसन लिन नपाउने
बिहीबार, २६ भदौ २०७६, १८ : १३
काठमाडौं– बीमा अभिकर्ताले पनि प्यान नम्बर अनिवार्य लिनुपर्ने भएको छ । प्यान नम्बर नलिएका बीमा अभिकर्ताले कमिसन नपाउने बीमा समितिले जनाएको छ ।
समितिले बीमा अभिकर्ता, सर्भेयर, कर्मचारीलाई प्यान लिन निर्देशन दिएको छ । र, सो प्यान नम्बर मार्फत कर कट्टा गर्न पनि भनेको छ ।