दोहोरो नागरिकताले राष्ट्रिय सुरक्षा र विकासमा असर पर्यो : गृहमन्त्री थापा
काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले दोहोरो नागरिकता लिने प्रवृत्ति अन्त्य गर्नकै लागि नयाँ नागरिकता विधेयक ल्याइएको दावी गरेका छन् ।
संसदको राज्य व्यस्था समितिमा नागरिकता सम्बन्धी विधेयकमा सरकारको आधिकारिक धारणा मागेपछि गृहमन्त्री थापा जवाफ दिन शुक्रबार समिति बैठकमा उपस्थित भएका हुन् ।
उनले सरकारले ल्याएको विधेयकमा जे लेखिएको छ त्यो नै सरकारको धारणा भएको भन्दै विधेयक परिमार्जन गर्ने र सच्चाउने काम जनप्रतिनिधि र समितिलाई अधिकार भएको बताए ।
उनले नागरिकताको विषय नेपालमा मात्रै नभएर अन्य देशमा पनि निकै संम्बेदनशील हुने गरेको बताए ।
‘नेपालको सन्र्दभमा पनि कयौँ सन्धी सम्झौताका कारण खुला सीमाना छ । भारतसँग हाम्रो खुला सीमाना र विशेष सम्बन्ध पनि छ । यसले गर्दा पनि नेपालमा नागरिकताको विषय संवेदनशील बन्दै आएको छ,’ गृहमन्त्री थापाले जवाफ दिए ।
उनले नागरिकता ऐन पञ्चायतकालबाटै नागरिकताको बहस चल्दै आएको र विभिन्न ऐनहरु बनाइएको बताए ।
‘त्यही ऐनमा टेकेर अहिले हामीले ल्याएको २०६३ को नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयक ल्याएको हो । किनभने त्यसमा केही त्रुटिहरु रहेका थिए,’ गृहमन्त्री थापाले भने, ‘खुला सीमानाका कारणले दोहोरो नागरिकता लिने देखिए । यसले हाम्रो राष्ट्रियताको सुरक्षा र विकाससँग सम्बन्धित प्रश्नमा ठूलो असर गरेकाले दोहोरो नागरिकता नहोस् भनेर विधेयक ल्याइएको छ ।’
गृहमन्त्री थापाले विवाहीत अंगीकृत नागरिकताका विषयमा पहिला विदेशको नागरिकता त्यागेको निस्सा ल्याउनुपर्ने प्रावधान भएपनि त्यो नल्याएपनि नागरिकता पाउने व्यवस्था रहिआएको र त्यसले दोहोरो नागरिकता लिन सजिलो बनाएकाले त्यसलाई सच्चाउन अनिवार्य रुपमा विदेशी महिलाले नेपालीसँग विवाह गरेर आएपछि ६ महिनाभित्र त्यहाँको नागरिकता त्यागेको निस्सा अनिवार्य ल्याउनुपर्ने भनेर संशोधन गर्न लागिएको प्रष्ट पारे ।
उनले नागरिकता विधेयकमा सहमति गर्ने प्रयास गरिरहेपनि सहमति हुन नसकेको भन्दै विधेयकमा आवश्यक परिमार्जन गर्न सकिने बताए ।
समितिमा केही सांसदहरुले विदेशी बुहारीलाई जस्तै विदेशी ज्वाइँलाई पनि नागरिकताको समान अधिकार हुनुपर्ने माग गरेका छन् । तर, सरकारले भने विदेशी ज्वाइँलाई अंगीकृत नागरिकता दिन नसकिने बताएको छ ।
अंगीकृत नागरिकताको विवाद लम्बिएपछि एक वर्षदेखि विधेयक समितिमै अल्झिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण