रानू मण्डलबारे कमेन्ट गरेर ट्रोल भएकी थिइन् लता, अब हिमेशले दिए जवाफ
भारतकी चर्चित गायिका लता मंगेशकरको गीत ‘एक प्यार का नगमा हे’ गाएर इन्टरनेट सेन्सेसन बनेकी रानू मण्डल सेलिब्रिटी बनेकी छिन् । उनले हिमेश रेशमियाको मद्दतमार्फत् म्युजिक इन्डष्ट्रिमा डेब्यू पनि गरेकी छिन् । उनको पहिलो गीत ‘तेरी मेरी कहानी’ रिलिज भइसकेको छ । केही दिन अघि रानूको आवाजमा लता मंगेशकरले प्रतिक्रिया दिएकी थिइन् । जसमा प्रशंसकले आपत्ति जताएका थिए । अब हिमेशले लताको बयानको बचाउ गरेका छन् ।
के भनेकी थिइन् लता मंगेशकरलेः
लताले भनेकी थिइन्, ‘कसैलाई नक्कल गरेर तपाईं लामो समयसम्म बाँच्न सक्नुहुन्नँ । यस्तो सफलता धेरै समयसम्म रहँदैन । मेरो, किशोर दा, रफी साहबका गीत, मुकेश दाइ, आशाका गीत गाउँदा थोरै समयका लागि ध्यान खिँच्न त सकिन्छ तर यो धेरै समयसम्म रहँदैन ।’
गीत ‘तेरी मेरी कहानी’ सार्वजनिक गर्ने कार्यक्रममा हिमेश रेशमियासँग लता मंगेशकरको कमेन्टबारे सोधियो जसको जवाफ दिँदै उनले भने, ‘लता जीको कमेन्टलाई सही सन्दर्भमा लिनु पर्छ । रानू लताजी बाट प्रभावित छिन् तर उनीजस्तो लेजेन्ड बन्न सक्दिनन् ।’
‘लता मंगेशकर सर्वोत्कृष्ट हुनुहुन्छ । लता जीले के भन्न खोज्नुभएको थियो भने तपाईं कसैबाट प्रभावित हुन सक्नुहुन्छ, यो राम्रो कुरा हो । तर तपाईंले कसैलाई सिधा कपी गर्नैपर्छ भन्ने चाँही छैन । जून रानूले गरेकी छैनन् ।’
‘कुनै गायकको कामबाट प्रेरित हुनु र त्यो कपी गर्नुबीच निकै भिन्नता हुन्छ । आज अरिजित एक महान् गायक हुन् । यदि कसैले उनले जस्तै ठ्याक्कै गाउन थाले भने यसले धेरै समयसम्म काम गर्दैन । अन्त्यमा प्रेरणा नै महत्वपूर्ण हो ।’
हिमेशले भने, ‘हामी सबै कसै न कसैबाट प्रेरित छौं । जब म हाई पिचमा गाउँछु तब मानिसहरुले मलाई नाकले गाइरहेको छ भन्छन् । तर कतै न कतै इन्टरनेशनल सिंगिंग सधैं नाकबाटै हुन्थ्यो । जुन आज साधारण कुरा हो । रानू मण्डल जन्मजात नै क्षमतावान् हुन् ।’
स्मरण रहोस्, रानू मण्डलबारे कमेन्ट गर्दा लता मंगेशकरलाई सोसल मिडियामा अत्यधिक ट्रोल गरिएको थियो । मानिसहरुले रानूबारे कमेन्ट गर्नुअघि लताले आफ्नो गरिमा र कदको विचार गर्नुपर्छसमेत भने ।
तेरी मेरी गीत सार्वजनिक गर्ने कार्यक्रममा जब रानूले हिमेशलाई धन्यवाद भनिरहेकी थिइन् तब हिमेश भावुक भए । उनी रुनसमेत थाले । यतिबेला हिमेशकी श्रीमतीले उनको आँसु पुछेकी थिइन् ।
सबै तस्बिर: aajtak.intoday.in
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
