बाँके घटनाको विरोधमा काँग्रेसले काठमाडौँमा प्रदर्शन गर्ने
काठमाडौँ –नेपाली काँग्रेसले नेपालजञ्जमा बिहीबार भएको आक्रमणका विरुद्ध सांकेतिक विरोध गर्ने भएको छ ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै घटनाको विरोध गर्दै माइतीघर मण्डलामा विरोध प्रदर्शन र गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउने जानकारी दिए ।
‘नेपालगञ्जमा भएको आक्रमणको घटनालाई लिएर काठमाडौ, ललितपुर र भक्तपुरका जिल्ला सभापतिले सिङ्गो काँग्रेसको तर्फबाट गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउने शनिबारै माइतीघर मण्डलामा प्रदर्शन गर्ने कार्यक्रम राखिएको छ’ पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘यो घट्नाले राजनीतिक प्रवृति देखिएको छ ।’
शुक्रबार मात्रै बाँकेको सीतापुरस्थित रेडक्रसको सभाकक्षमा भएको कार्यक्रममा नेकपा र काँग्रेस कार्यकर्ताबीच झडप भएको थियो । झडपमा नेपाली काँग्रेस बाँकेका सभापति किरण कोइरालाको हात भाँचिएको छ भने अन्य केही घाइते भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
