श्रीमती हत्या गर्ने १५ वर्षपछि पक्राउ
महोत्तरी– श्रीमतीलाई हत्या गरी १५ वर्षदेखि फरार रहेको एक अभियुक्तलाई प्रहरीले महोत्तरीको औरहीबाट पक्राउ गरी आज बिहान पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । प्रहरीले औरही नगरपालिका– २ का अभियुक्त विनोद सदा मुसहरलाई सार्वजनिक गरेको हो । विसं २०६१ कात्तिक १८ गते औरही नगरपालिका वडा नं २ (साविकका औरही गाविस वडा नं ८) मा आफ्नो ४० वर्षीया श्रीमती बेचनी देवी सदाको हत्या गरेका थिए ।
प्रहरी निरीक्षक किशोर अचार्यले पmरार रहेका प्रतिवादी मुसहरले घरायसी विवादका कारण आफ्नो श्रीमती बेचनी देवी सदालाई बञ्चरो प्रहार गरी हत्या गरेको बताउँदै उनलाई गएराति घरबाटै पक्राउ गरेको जानकारी दिए ।
विनोदलाई प्रहरीले विशेष सुराकीका आधारमा गएराति घरबाटै पक्राउ गर्न सफल भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । पक्राउ परेका मुसहरलाई आवश्यक कानूनी कारवाहीका लागि जलेश्वर पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण