नर्भिकमा डेङ्गूका विरामी बढे, छुटै वार्डको व्यवस्था
काठमाडौं– मुलुकमा महामारीकै रुप लिन थालेको डेङ्गू रोगका विरामीहरु बढेका छन् । डेङ्गू रोगका विरामीहरु बढेसँगै नर्भिक इन्टरनेशनल हस्पिटलले त्यसखाले रोगीहरुको विशेष व्यवस्थापन एवं उपचारका लागि छुट्टै वार्डको व्यवस्था गरेको छ ।
हाल नर्भिकमा १ दर्जन भन्दा बढी डेङ्गू ज्वरोका विरामीहरु उपचाररत रहेका छन् । विरामीको चाप बढ्दो क्रममा रहेका कारण त्यस्ता विरामीहरुका लागि छुट्टै क्लिनिक र छुट्टै वार्डको व्यवस्था गरिएको हो ।
सो वार्डमा हाललाई सुविधासम्पन्न ६ वटा शैयाको व्यवस्था गरिएको छ । वार्डमा डेङ्गू हेल्प डेस्क र डेङ्गूका विरामीहरुको शीघ्र तथा उपयुक्त रेखदेख, व्यवस्थापन एवं उपचारका लागि छुटै हेल्पलाइनको समेत व्यवस्था गरिएको छ ।
सहुलियतपूर्ण दर÷रेटमा उपलब्ध हुने उक्त क्लिनिक/वार्डमा चिकित्सकहरु तथा नसिङ्ग स्टाफहरु २४ सै घण्टा सेवारत रहने छन् भने विशेष सहुलियत दरमा डेङ्गू परिक्षण किट समेत उपलब्ध हुनेछ ।
डेङ्गू ज्वरो भएको यदि कसैलाई शङ्का लागेमा ९८०१२४७७५० मा तुरुन्त सम्पर्क गर्न सकिने व्यवस्था समेत अस्पतालले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण