मिडियाप्रति मन्त्री यादवको आक्रोश
काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले छापामा आएका समाचारको विषयलाई लिएर सञ्चार जगतप्रति रोष प्रकट गरेका छन् । राजधानी काठमाडौंमा शुक्रबार आयोजित साल्टट्रेडिङ कर्पोरेशन लिमिटेडको ५७ औ बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्ने क्रममा उनले सम्पूर्ण प्रेस जगतप्रति आक्रोश पोखेका हुन् ।
उनले पत्रिकाका मालिकहरु व्यापारी पनि भएकाले आफु अनुकूलका समाचार लेखाउने गरेको आरोप लगाए । उनले कालोबजारी, तस्कर, भ्रष्ट र विगतमा देश लुटेको पैसा मिडियामा लगानी गरेकाहरु नै आफु र सरकारविरुद्ध उत्रिएको आरोप समेत लगाए ।
उनले भने, ‘पत्रिकाका मालिकहरु पनि व्यापारी छन् । खुद पत्रिका मात्रै चलाएर बसेका छैनन् । ठूला–ठूला व्यापारी छन् । कतिपय मिडियाहरु त कालाबजारी र तस्करहरुको छ । भ्रष्ट, विगतमा देश लुटेको पैसा लगानी गरेको मिडियाहरु पनि छन् ।’
उनले मिडियाले समाचार छापेर आफुसँग पैसाको बार्गेनिङ गरेको पनि दाबी गरे । राज्यको चौथो अंग भन्ने मिडिया सधै प्रतिपक्षीको भूमिकामा रहेको उल्लेख उनले बार्गेनिङ गर्न खोज्नेप्रति ‘मिडिया म्यानेज’ गर्न नजाने बताए । उनले भने, ‘आक्रामक हुनुपर्छ रे । नभएको कुरा पनि लेख्दिनुपर्छ भन्ने छ । अनि त्यसपछि ती मन्त्रीहरु म्यानेज गर्न आउँछन् । ती कर्मचारीहरु म्यानेज गर्न आउँछन् । जे–जे लेखे पनि मात्तृका कहिल्यै पनि म्यानेज गर्न जादैन । म त्यो कहिल्यै पनि गर्दिन । बरु लेखोस्, जे–जे लेखोस् लेखोस् ।’
उनले जबरजस्ती पत्रिकाहरुले सरकारलाई साल्टट्रेडिङ्गको विरोधमा उभ्याउने काम गरेको आरोप पनि लगाए । सरकारले निकासी पैठारी सम्बन्धमा अत्यावश्य वस्तु आयातको बारेमा मात्रै भिन्न व्यवस्था गरेको भएपनि साल्टट्रेडिङ्ग कर्पोरेशनले गर्दै आएको काम निजी क्षेत्रलाई दिने कुनै निर्णय नभएको स्पष्ट पारे ।
सँधै मिडियाप्रति आक्रमक देखिने मन्त्री यादवले शुक्रबार पनि आफ्नो सम्बोधनको अधिकांश समय मिडिया क्षेत्रमाथिको आक्रोश र असन्तुष्टीमै खर्च गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहट दुर्घटना : मृतकको पहिचान खुल्यो
-
१० बजे १० समाचार : १० सचिवको सरुवा, ट्राफिक नियम उल्लङ्घनमा हर्क सम्पाङलाई कारबाही
-
रास्वपा सभापति लामिछानेले भेटे राष्ट्रपति, के भयाे कुराकानी ?
-
निर्वाचन विधेयकले कानुनी रूप लिएपछि धेरै कुरा समेटिने छ : आयुक्त तुलाधर
-
नेपाल अर्बपतिहरूको गन्तव्य बन्न सक्छ : अर्थमन्त्री
-
अभाव हटे पनि निगम किन बेच्दैन भरी सिलिन्डर ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण