‘वैवाहिक अंगीकृत नागरिकता प्राप्ति’ मा नेपाली काँग्रेसको नोट अफ डिसेन्ट
काठमाडौँ । नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) ऐन, २०७५ मा मूल ऐनको दफा ५ तथा प्रस्तावित विधेयकको दफा ४ मा रहेको ‘वैवाहिक अंगीकृत नागरिकता प्राप्ति’ सम्बन्धी व्यवस्थामा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले नोट अफ डिसेन्ट राखेको छ ।
सांसद अमरेश कुमार सिंहले पार्टीको तर्फबाट राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठलाई फरक मत बुझाएका हुन् ।
‘वैवाहिक अंगीकृत नागरिकता प्राप्तिको सन्दर्भमा सरकारद्वारा प्रस्तुत संशोधन र प्रस्तावका विविध विकल्पहरु समेतमा समितिका सांसदहरु बीच सहमति नभइ भिन्न–भिन्न मत रहेको तथा यस संशोधन प्रस्तावबाट नागरिकता प्राप्तिको क्षेत्रमा थप संवैधानिक एवम् सामाजिक जटिलताहरु समेत सृजना हुन सक्ने सम्भावना रहेकोले उपरोक्त विषयमा देशभित्र कृयाशील दलहरुबीच सर्वदलीय सहमति समेतका आधारमा बनेको नेपाल नागरिकता ऐन, २०६३ को व्यवस्था अनुरुप नै हुनुपर्ने नेपाली काँग्रेसको संस्थागत मत राख्दछौँ,’ फरक मतमा भनिएको छ ।
त्यस्तै, नागरिकता प्राप्ति जस्तो राष्ट्रिय महत्त्वको संवेदनशील विषयमा निर्णय गर्दा राष्ट्रिय सहमतिबाट नभइ बहुमतको आधारमा गरिने निर्णयले मुलुकको दीर्घकालिन हित नहुने राय नेपाली काँग्रेसले राखेको छ ।
फरकमतमा दिलेन्द्रप्रसाद बडू, मीना पाण्डेय, देवेन्द्रराज कँडेल, डा. अमरेश कुमार सिंह, डा. डिला संग्रौलको हस्ताक्षर रहेको छ ।

यता, राजपा र समाजवादी पार्टीको तर्फबाट पनि संयुक्त फरक मत पेस भएको छ । राज किशोर यादव र राम सहाय प्रसाद यादवले फरक मत पेस गरेका हुन् ।

यस्तै नेमकिपाका सांसद प्रेम सुवासले पनि फरक मत राखेका छन् ।
सुवालले वैवाहिक अंगीकृत नागरिकताको लागि १५ वर्षको समय राख्नु पर्ने भन्दै फरक मत दर्ता गरेका हुन् ।
नेकपा सांसदहरु भने ७ वर्ष समय राख्नेमा एकमत भएका छन् ।
त्यसअघि समिति सभापति श्रेष्ठले समितिको तर्फबाट प्रस्ताव राखेकी थिइन् ।

मस्यौदा प्रतिवेदनको क्रमसंख्या ४ मा मुल ऐनको दफा ५ मा मा संशोधन मुल ऐनको दफा ५ को उपदफा १ को सट्टा देहायको उपदफा १ राखिएको छ ।
नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी नेपाली महिलालाई सम्बन्ध राखेको सात वर्षपछि नेपालको अंगिकृत नागरिकता प्रदान गर्न सकिनेछ ।
१. उपदफा एक पछि देहायका उपदफा १क १ख र १ग थपिएका छन् ।
१ क. उपदफा एक बमोजिम कुनै पनि महिलाले त्यस्तो नागरिकता प्राप्त गर्न चाहेमा नेपाली नागरिकसँग भएको वैवाहिक सम्बन्ध र आफूले विदेशी नागरिकसँग वा नागरिकतासरको राष्ट्रियता जनाउने प्रमाणपत्र नलिएको भए सो को प्रमाण र सो नागरिकता वा प्रमाणपत्र लिएको भए परित्याग गरी प्रमाणसहित तोकिएको अधिकारी समक्ष निवेदन दिनुपर्नेछ ।
१ ख. नेपाली नागकिसँग वैवाहिक सम्बन्ध कायम गरी नेपालमा बसोबास गरेकी महिलाले उपदफा १ बमोजिम महिलाले नागकिता नपाएसम्मको लागि आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारको उपभोग गर्न पाउने गरी तोकिए बमोजिम वैवाहिक नेपाली परिचयपत्र प्रदान गर्न सकिनेछ ।
१ ग. प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भएपनि उपदफा १ ख बमोजिम वैवाहिक नेपाली परिचयपत्र लिएकी महिलाको हकमा आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारको उपभोग गर्ने सन्दर्भमा नेपाली नागरिकताको प्रमाणपत्रको सट्टामा त्यस्तो परिचयपत्रलाई मान्यता दिइनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
