गृहमन्त्री बादललाई काँग्रेसको ज्ञापनपत्र : निशानामा वडाध्यक्ष
काठमाडौँ – बाँके घटनाको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले जिल्ला सभापति मार्फत गृहमन्त्री रामबहादुर थापा (बादल)लाई ज्ञापनपत्र बुझाएको छ ।
नेपाली काँग्रेस काठमाडौँ, भक्तपुर र ललितपुरका जिल्लाका सभापतिले सयुक्त रुपमा शनिबार बिहान सिंहदरबारमा पुगेर गृहमन्त्री बादललाई ज्ञापनपत्रका हुन् ।
विहीबार काँग्रेसको दोस्रो चरणको जागरण अभियानअन्तर्गत बाँकेको सीतापुरमा आयोजित कार्यक्रममा बाँके जिल्ला सभापति किरण कोइराला, महाधिवेशन प्रतिनिधि विद्याप्रसाद खनाललगायत एक दर्जन नेता तथा कार्यकर्तामाथि आक्रमण भएको थियो । जसका जिल्ला सभापति कोइरालाको हात भाँच्चिएको थियो भने अन्य केही घाइते भएका थिए ।

कार्यक्रम विथोल्न सत्तारुढ दल नेकपाका स्थानीय नेता तथा कार्यकर्ता प्रवेश गरी आक्रमणमा काँग्रेसले जनाएको छ ।
पार्टीले उक्त घटनालाई घटनाका रुपामा नभइ प्रवृतिका रुपमा लिएको भन्दै गृहमन्त्री बादललाई ज्ञापनपत्र बुझाइएको काँग्रेस काठमाडौँ सभापति सबुज बानियाँले बताए ।
यता गृहमन्त्री बादलले घटनामा संलग्नलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् । ज्ञापनपत्र बुझ्दै गृहमन्त्री बादलले भने, ‘नहुनु पर्ने घटना भएको छ, दोषीलाई कारबाही गर्न सरकार प्रतिबद्ध छ । घटनाका दोषीलाई कारबाही प्रक्रिया अगाडि बदाइसकिएको छ ।’
घटनामा दोषी देखिएका केही व्यक्तिलाई नियन्त्रणमा लिइसकेको र बाँकीलाई पनि चाँडो नियन्त्रणमा लिएर कारबाही गर्ने उनले बताए ।
यति ठूलो घटना हुँदा पनि गृह प्रशासन संवेदनशील नभएको काँग्रेसको आरोप छ ।
उक्त घटनाको विषयलाई लिइएर काँग्रेसले दिउसो ३ बजे मइतीघर मण्डलामा विरोध प्रदर्शनको घोषणा गरेको छ ।
शुक्रबार काँग्रेस सभापति शेरबहादुर देउवाले पनि दोषीमाथि कारबाही नभए संसद चल्न नदिने चेतावनी दिएका थिए ।

काँग्रेसले बाँकेको खजुरा गाउँपालिका १ का वडाअध्यक्ष सुमन मल्ललगायतविरुद्ध किटानी जाहेरी दिएका छन् । जिल्ला सभापति कोइरालाका छोराले उनीहरुविरुद्ध ज्यान मार्ने उद्योग उजुरी दर्ता गराएका छन् ।
हिजो काँग्रेस बाँकेले वडाध्यक्ष मल्ललाई पनि कारबाहीको माग गर्दै प्रशर्दन गरेको थियो । वडाध्यक्ष मल्ल तत्कालीन नेकपा एमालेका तर्फबाट निर्वाचित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
