फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल
सोमबार, ३० भदौ २०७६, ०६ : २८
अमलेखगन्जसम्म पाइपमार्फत आएको डिजेल अब राजधानीलाई तराईसँग जोड्ने द्रुतमार्ग (फास्ट ट्र्याक) को किनारैकिनार काठमाडौँसम्म ल्याउन सकिने विज्ञहरुको एक अध्ययनले देखाएको छ ।
सामान्यतया पहाडी क्षेत्रमा पम्पिङ गर्दै पाइपमार्फत तेल ल्याउन कठिन हुने भए पनि इन्जिनियरिङ अध्ययन संस्थान (आइओई) पुल्चोकको विज्ञ टोलीले गरेको अध्ययनले फास्ट ट्र्याकमार्फत पाइप बिछ्याएर काठमाडौँमा तेल ल्याउन सम्भव देखाएको हो ।
आइओइका पूर्वडिन प्राध्यापक त्रिरत्न बज्राचार्यले अध्ययन गर्दा बीच–बीचमा बुस्टिङ पम्पमार्फत प्रेसर दिएर पाइपमार्फत काठमाडौँमा पेट्रोलियम पदार्थ ल्याउन सकिने सम्भावना देखिएको बताए । यो समाचार आजको नागरिक दैनिकमा दिलीप पौडेलले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण