फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल
सोमबार, ३० भदौ २०७६, ०६ : २८

अमलेखगन्जसम्म पाइपमार्फत आएको डिजेल अब राजधानीलाई तराईसँग जोड्ने द्रुतमार्ग (फास्ट ट्र्याक) को किनारैकिनार काठमाडौँसम्म ल्याउन सकिने विज्ञहरुको एक अध्ययनले देखाएको छ ।
सामान्यतया पहाडी क्षेत्रमा पम्पिङ गर्दै पाइपमार्फत तेल ल्याउन कठिन हुने भए पनि इन्जिनियरिङ अध्ययन संस्थान (आइओई) पुल्चोकको विज्ञ टोलीले गरेको अध्ययनले फास्ट ट्र्याकमार्फत पाइप बिछ्याएर काठमाडौँमा तेल ल्याउन सम्भव देखाएको हो ।
आइओइका पूर्वडिन प्राध्यापक त्रिरत्न बज्राचार्यले अध्ययन गर्दा बीच–बीचमा बुस्टिङ पम्पमार्फत प्रेसर दिएर पाइपमार्फत काठमाडौँमा पेट्रोलियम पदार्थ ल्याउन सकिने सम्भावना देखिएको बताए । यो समाचार आजको नागरिक दैनिकमा दिलीप पौडेलले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले नेपाली जनसम्पर्क समितिलाई थप देशमा विस्तार गर्ने
-
‘राम नाम सत्य’मा विराजपछि भित्रिए सुशील
-
डीडीसीले ६ महिनासम्म किसानलाई दूधको पैसा दिएन : सांसद सापकोटा
-
धनगढीमा पञ्चकन्या ग्रुपको ‘पञ्चकन्या बाथवेयर’को शुभारम्भ
-
‘भारत–पाकिस्तान युद्धमा गोरखा सेना पहिलो चरणमा प्रयोग नगर्ने वातावरण निर्माण गरियोस्’
-
सांसद गिरीद्वारा एनआरएन नागरिकता कार्यान्वयन गर्न माग