जहाजभित्र औषधी छर्किने व्यवस्था गर्न मन्त्री भट्टराईको निर्देशन
काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मुलुकका सबै विमानस्थल सफा राख्न र उडानपूर्व जहाजभित्र तोकिएको मापदण्ड अनुसार औषधी छर्किने व्यवस्था मिलाउन निर्देशन दिएका छन् । आज मन्त्रालयमा डेंगुबाट पर्यटन क्षेत्रमा पर्ने प्रभाव र यसको निराकरण विषय छलफलमा बोल्दै मन्त्री भट्टराइले सो निर्देशन दिएका हुन् ।
मन्त्री भट्टराइले भ्रमण वर्ष २०२० र नेपालको पर्यटन क्षेत्रमा यस रोगको कारणबाट पर्न सक्ने असर र निराकरणका लागि आवश्यक तयारी तथा पूर्वशतर्कता अप्नाउन सबै सरोकारवालाहरुलाई निर्देशन समेत दिए । साथै नेपाल होटल संघ, रेष्टुरेण्ट व्यावसायी संघ, पर्यटक यातायात लगायत पर्यटकीय सेवा दिने विभिन्न निकायहरुले आफ्नो क्षेत्र सफा राख्ने, पर्यटकलाई सूसुचित गर्ने तथा औषधीको समेत मापदण्ड अनुरुप व्यवस्था गर्न गराउन समेत निर्देशन दिए ।
मन्त्री भट्टराईले बैठकमा बोल्दै पर्यटकहरुको बढी उपस्थिति रहने पशुपति क्षेत्र, लुम्बिनी क्षेत्र, जनकपुर क्षेत्र, पोखरा एवम् सौराहा लगायतका पर्यटकीय क्षेत्रहरुमा सरसफाई अभियान चाउन निर्देशन दिएका छन् । सरकारले अगामी वर्ष भ्रमण वर्ष २०२० को भव्य तयारी गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण