रेडियो नेपाल परिसरबाट पत्रकार पक्राउ
काठमाडौं– पत्रकारको पुनर्बहालीको माग सहित वार्ताका लागि सिंहदरवार गएका पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार निष्कासित पत्रकारको पुनर्बहालीको मागसहित वार्ताका लागि रेडियो नेपाल गएका नेपाल पत्रकार महासंघका प्रतिनिधि र पत्रकारलाई पक्राउ गरेको हो ।
रेडियो नेपाल दिपायबाट निकालिएका पत्रकार चक्र कुँवर, प्रकाश बम र सुनिता रावललाई पुनर्बहालीको मागसहित उनीहरू रेडियो नेपालको व्यवस्थापनपक्षसँग वार्ताका लागि गएका थिए ।
वार्तामा कुरा नमिलेपछि पत्रकार महासंघका प्रतिनिधिको नेतृत्वमा रेडियो नेपाल तालाबन्दि भएको थियो । त्यसलगत्तै प्रहरीले आफुँहरुलाई गेटबाटै पक्राउ गरेको महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले बताए । प्रहरीले उनीहरुलाई महेन्द्र पुलिस क्लबमा राखेको छ ।
पक्राउ पर्नेमा पत्रकार महासंघका सचिव रामप्रसाद दाहाल, केन्द्रीय सदस्य जन्मदेव जैसी, यम विरही, मिन बम, प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी, दिलीप पौडेल, योगेन्द्र बलायर छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण