दयाहाङ र उपासनाको यस्तो छ माया पिरती
काठमाडौं– रामबाबु गुरुङको निर्देशन रहेको फिल्म हो ‘कबड्डी कबड्डी कबड्डी’ । असोज ३ गतेबाट देशभर प्रदर्शनमा आउने फिल्मको नयाँ गीत ‘माया पिरती’ सार्वजनिक भएको छ । रोमान्टिक फ्लेवरमा तयार भएको गीतमा अभिनेता दयाहाङ राई र अभिनेत्री उपासना सिंह ठकुरीको रोमान्स देख्न सकिन्छ । गीतमा कालीप्रसाद बाँस्कोटाको स्वर, संगीत र शब्द छ । रेनशा वान्तवा राईले गीतमा कोरियोग्राफी गरेकी छन् ।
स्वजातीय विवाह र अन्तर्जातिय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथामा बनेको फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ हिट फिल्म ‘कबड्डी’ को दोस्रो सिक्वेल हो । निर्देशक गुरुङ र उपेन्द्र सुब्बाको कथा रहेको फिल्म बाँसुरी फिल्मस्को निर्माण, सिनेमा आर्टको प्रस्तुति, माउण्टेन स्टोरिज र नौमती इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको हो ।
सुरेन्द्र पौडेल र निमेष श्रेष्ठले सम्पादन गरेको फिल्मको निर्माता मणीराम पोखरेल, अर्जुन कार्की र ओम चन्द्र रौनियार हुन् । दयाहाङ र उपासनासँगै कर्मा शाक्य, विल्सन विक्रम राई, बुद्धि तामाङ, माओत्से गुरुङ, विजय बराल, रिश्मा गुरुङ, कमलमणि नेपाल, अरुणा कार्कीलगायतका कलाकारहरुको पनि अभिनय देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण