गुल्मीमा भीरबाट लडेर २ जनाको मृत्यु
मङ्गलबार, ३१ भदौ २०७६, १२ : १८
बुटवल । गुल्मीका छुट्टाछुट्टै २ स्थानमा भीरबाट लडेर २ जनाको मृत्यु भएको छ ।
जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर १ को थाममा ४३ वर्षीय वीरहादुर केसी र मदाने गाउँपालिका वडानम्बर ५ मलागिरीमा नरे सार्कीको भीरबाट लडेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी मिनबहादुर घलेका अनुसार बीरबहादुर पसलमा सामान किन्न गएका बेला लडेका हुन् ।
त्यस्तै नरे सार्कीको पनि घाँस काट्न गएका बेला भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकह लडेर करिव ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दुई जनाको शव जिल्ला अस्पताल तम्घासमा पोष्टमार्टको लागि ल्याएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण