थापाथली चोक र त्रिपुरेश्वर चोकमा ट्राफिक प्रहरी प्रमुख ढकालको १ घण्टा (फोटोफिचर)
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकाल ‘पिक आवर’को समयमा चोक–चोकमा पुगेर सवारी आवतजावत व्यवस्थापनमा आफै खटिएका छन् ।
मङ्गलबार बिहान व्यस्त रहने ‘अफिस टाइम’को समयमा एसएसपी ढकाल त्रिपुरेश्वर चोक र थापाथली चोकमा ट्राफिक जामको व्यवस्थापन गरिरहेका थिए ।
सिमसिम पानी परिरहेको थियो । छाता ओढेर पैदल यात्रुहरुलाई बाटो काट्न सहज भूमिका निभाइरहेका थिए । र, एसएसपी ढकाल भन्दै थिए, ‘एकछिन पख्नुस् गाडी रोकिएपछि बाटो काट्नुस् ।’

एसएसपी ढकालसँगै थापाथली चोकमा ६–७ जना ट्राफिक जवानहरुले हात हल्लाउँदै ट्राफिक व्यवस्थापन गरिरहेका थिए । एसएसपी ढकाल आफै फिल्डमा खटिएको केही तस्विरहरु क्यामेरामा कैद गर्यौँ ।
रातोपाटीसँगको कुराकानीमा ट्राफिक प्रहरी प्रमुख भएर आएको दिनदेखि नै आफू फिल्डमा खटिएको एसएसपी ढकालले जानकारी दिए । एसएसपी ढकालले भने, ‘पिक आवर’ को समयमा जति नै ठूलो पानी परे पनि १ घण्टा चोक–चोकमा पुग्ने गर्छु ।’
एसएसपी ढकालले ‘पिक आवर’ को समयमा चोक–चोकमा गएर ट्राफिक जाम व्यवस्थापन गर्दा फिल्डमा खटिएका ट्राफिक प्रहरीलाई सहज वातावरण निर्माण गर्ने बताए ।

यता ट्राफिक महाशाखाका प्रवक्ता एसपी रविकुमार पौडेलले कार्यालय प्रमुख चोक–चोकमा गएर उभिदिए मात्र नि फिल्डमा खटिने ट्राफिक प्रहरीको मनोबल बढ्ने बताए ।
सोही अनुरुप कार्यालय प्रमुख एसएसपी ढकाल ‘पिक आवर’ को समयमा हरेक दिन १ घण्टा चोक–चोकमा पुग्नुहुन्छ,’ प्रवक्ता पौडेलले रातोपाटीसँगको कुराकानीमा भने ।
कार्यालय प्रमुख चोक–चोकमा पुग्न थालेपछि महाशाखा मातहतका प्रभागका कार्यरत ट्राफिक प्रहरीको पनि सक्रियता बढेको एसपी पौडेलले जानकारी दिए ।
तस्बिरमा हेर्नुहोस् थापाथली चोक र त्रिपुरेश्वर चोकमा एसएसपी ढकालको १ घण्टा ।















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
३ प्रतिक्रिया
भर्खरै
-
गोविन्द केसीलाई तोसिमाको सुझाव : भयो सर, अनसन छाडिदिनुस्
-
बालेनले आज निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण