‘बुलबुल’ फेरि रिलिज हुँदै, निर्देशक पौडेलको नयाँ फिल्मको बजेट ७ करोड
काठमाडौं– नेपालबाट ओस्कारको विदेशी फिचर विधातर्फ सिफारिस भएपछि फिल्म ‘बुलबुल’ फेरि रिलिज हुने भएको छ । ‘बुलबुल’ हेर्न छुटेका र फेरि हेर्न चाहने दर्शकको मागलाई ध्यानमा राखेर फिल्म रिलिज गर्न लागिएको हो । वितरकको सल्लाहअनुसार फिल्म फेरि रिलिजको कुरा भइरहेको निर्देशक विनोद पौडेलले बताए । ‘फिल्म अस्करका लागि सिफारिस भएपछि छुटेका धेरैले फिल्म हेर्न चाहना राख्नुभएको छ’ पौडेलले भने ‘ती व्यक्तिसहित सबैका लागि एकपटक फेरि रिलिज गर्नेकी भन्ने कुरामा हामी पुगेका हौ ।’ पुनः रिलिजको बिषयमा अहिले नै टुङ्गो लागि नसकेको पौडेलको भनाई रहेको छ ।
स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको फिल्म महिला ट्याम्पु चालकको विषयमा बनेको छ । निर्देशक विनोद भने अहिले दोस्रो फिल्मको तयारीमा छन् । भुटानी शरणार्थीको कथामा उनले अहिले ‘एक्रोन इन्टरनेसनल’ नामक फिल्म बनाउँदै छन् । हाल लेखन कार्य भइरहेको फिल्म उनको अन्तर्राष्ट्रिय लगानीमा बनाउने विचार छ ।
स्कृप्ट लेखनका लागि हालै अमेरिका भएर फर्किएका पौडेल केही समय पछि कोरिया जाँदैछन् । कोरियामा आयोजना हुने एक फेष्टिवलमा उनले विश्वभरबाट भेल भएका फिल्मकर्मीलाई कथा सुनाउनेछन् । ‘विश्वभरबाट भेला भएका निर्मातालाई फेष्टिवलमा कथा सुनाउने छु’ पौडेलले थपे ‘त्यहाँ आएका निर्माताले कथा मन पराए अन्तर्राष्ट्रिय लगानीमा फिल्म बन्ने छ ।’ फेष्टिवलमा निर्माता नभेटे नेपाली निर्माताको लगानीमै फिल्म निर्माण गर्ने उनले सुनाए ।
फिल्मका लागि करिब ७ करोड लाग्ने अनुमान गरेका पौडेलले विदेशीको लगानी भयो भने कम्परमाइज बिना फिल्म बनाउन सजिलो हुने सुनाए । पौडेलको निर्देशन रहेको फिल्म ‘बुलबुल’ ले सार्क फिल्म फेस्टिभलमा अभिनेत्रीतर्फ क्रिटिक्स अवार्ड प्राप्त गर्न सफल भएको थियो । नेपालमा पनि फिल्मले निर्देशन र अभिनेत्री गरी दुई विधामा राष्ट्रिय अवार्ड पाएको थियो । बुलबुल पौडेलको निर्देशनमा डेब्यु फिल्म हो । यस अगाडि उनले ‘साँघुरो’ फिल्मको कथा लेखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण