राहदानी विधेयकमा राष्ट्रपतिको चासो सम्बोधन भएन
बुधबार, ०१ असोज २०७६, ०६ : ३७
राष्ट्रपति विद्यादेवी भण्डारीले कूटनीतिक राहदानीको प्रयोगका सन्दर्भमा देखाएको चासो सम्बोधन नगरी राष्ट्रियसभाले सोमबार राहदानी विधेयक पारित गरेको छ ।
राष्ट्रपतिले यसअघि विधेयकका प्रावधानले ‘राहदानी जारी गर्ने तथा प्रयोग गर्ने’ विषयमा अस्पष्टता र द्विविधा सिर्जना हुने सम्भावना देखाउँदै प्रमाणीकरण नगरिकन फिर्ता गरेकी थिइन् ।
सरकारीबाहेकका काममा विदेश भ्रमणमा जाँदा पनि कूटनीतिक राहदानी पाउन सक्ने र त्यसको प्रयोग गर्न सक्ने गरी प्रतिनिधिसभाबाट विधेयकमा गरिएको संशोधनमा राष्ट्रियसभाले कुनै फेरबदल गरेको छैन । राष्ट्रपति निकट स्रोतअनुसार कूटनीतिक राहदानीमा प्रयोग गरिएको खुकुलोपनाले दुरुपयोग बढाउन सक्नेतर्फ राष्ट्रपतिको ध्यानाकर्षण भएको थियो । यो समाचार कान्तिपुर दैनिकमा राजेश मिश्रले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण