एनआईसी एशिया बैंकको पीओएस सेवा सुचारु
बुधबार, ०१ असोज २०७६, १५ : ५६
काठमाडौं– केही दिनदेखि बन्द रहेको एनआईसी एशिया बैंकको पीओएस सेवा आजबाट सुचारु भएको छ ।
प्राविधिक कारणले गर्दा यस बैंकका डेविट तथा क्रेडिट कार्डहरु यही भदौ १८ गते देखि अन्य बैंक तथा वित्तीय संस्थाका एटीएम तथा पीओएस मेशिनहरुमा नचल्ने र यसै बैंकका एटीएम तथा पीओएस मेशिनहरुमा मात्र चल्ने गरेकोमा आजबाट सवै पीओएसमा चल्ने भएको छ ।
अजोज १ गतेबाट यस बैंकको डेविट, क्रेडिट तथा प्रिपेड कार्डहरु भिसा नेटवर्कमा आवद्ध भएका अन्य बैंक तथा वित्तीय संस्थाका पोइन्ट अफ सेल (पीओएस)मा समेत चल्ने व्यवस्था मिलाईएको बैंकले जनाएको छ । यस बीचमा प्रविधिक कारणले ग्राहकहरुमा पर्न गएको असुविधाको लागि बैंकले क्षमा मागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण