एकै खेलमा कोहलीले तोडे रोहितका दुई किर्तिमान
बुधबार धर्मशालामा खेलिएको दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टी–२० खेलमा भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले एकै पटक दुईवटा किर्तिमान तोडेका छन् । संयोगले ती दुवै किर्तिमान सहकर्मी तथा उपकप्तान रोहित शर्माका थिए ।
खेलमा कोहलीले नटआउट रहँदै ७२ रन बनाएपछि भारतले दक्षिण अफ्रिकालाई पराजित गरेको थियो ।
योसँगै कोहलीले टी–२० अन्तर्राष्ट्रिय खेलहरुमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा शर्मालाई उछिनेका छन् ।
खेलको शुरुवातमा कोहलीले ६५ इनिङमा २,३६९ रन बनाएका थिए भने शर्माले ८८ इनिङमा २,४२२ रन बनाएका थिए ।
बुधबारको खेलमा शर्मा मात्र १२ रन बनाएर आउट भए भने कोहली नटआउट रहँदै रोहितलाई ७ रनले उछिने ।
६६ इनिङपछि कोहलीको अब २,४४१ रन भएको छ भने ८९ इनिङबाट रोहितको २४३४ रन रहेको छ ।
कोहलीले खेलमा आफ्नो २२ औँ अर्धशतक पनि पुरा गरे । योसँगै उनले शर्माले बनाएको २१ औँ अर्धशतकको किर्तिमान भंग गरे ।
बुधबार कोहलीले मात्र ५२ बलमा चार चौका र तीन छक्का हिर्काएका थिए । योसँगै कोहली क्रिकेटका तीनवटै फर्म्याटमा ५० भन्दा बढी औसत भएको एक्ला खेलाडी बनेका छन् । कोहलीको टेस्टमा ५३.१४, एकदिवसीयमा ६०.३१ र टी–२० मा ५०.८५ को औसत रहेको छ ।
गत वर्ष पनि उनको तीनवटै फर्म्याटमा ५०भन्दा बढीको औसत रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
-
घरेलु कामदारका रूपमा महिलालाई अवैध रूपमा खाडी पठाउने ६ जना पक्राउ, ३१ लाख नगद बरामद
-
मानव अधिकार आयोगको प्रतिवेदन बदनियतपूर्ण रहेको एमालेको निष्कर्ष, भूतप्रभावी कानुन बनाउने सिफारिसमा आपत्ति
-
संविधान संशोधन गर्दा मूल संरचनालाई कुनै पनि हालतमा खण्डित गर्न हुँदैन : रेग्मी
-
क्युबाका राष्ट्रपतिमाथि अमेरिकाले लगायो प्रतिबन्ध
-
१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य असम्भव छैन : डाँगी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण