नदीमा पौडी खेल्न गएकी बालिकाको दिमाग अमिबाले खायो, भयो मृत्यु
अमेरिकाको टेक्सासकी एक १० वर्षे बालिका नदीमा पौडी खेल्न जान्छिन् र त्यसको केही दिन पछि उनको मृत्यु हुन्छ । यो घटनाले पूरा अमेरिकामा हलचल मच्चिएको छ ।
टेक्सासमा बस्ने १० वर्षकी लिली यसै महिना लेबर डेको छुट्टीमा एउटा नदीमा पौडी खेल्न गएकी थिइन् । तर त्यहाँबाट फर्किएदेखि नै उनको टाउको दुख्न थाल्यो र पछि बेस्सरी ज्वरो आयो ।
अस्पतालमा भर्ना भएपछि लिली कोमामा गइन् । डाक्टरलाई परीक्षणपछि लिलीको दिमागमा दिमाग खाने अमिबा प्रवेश गरेको थाहा भयो । जसले भित्र भित्रै उनको दिमाग खाइरहेको थियो । अनुसन्धानपछि थाहा भयो कि ती बालिकालाई नेगलेरिया फाउलेरीका कारण ब्रेन इन्फेक्सन भएको थियो । यो यस्तो अमिबाका कारण भएको थियो जसले दिमागको टिश्यूलाई क्षती पुर्याउँछ ।
– यो अमिबा नाकमार्फत् शरीर भित्र प्रवेश गर्छ र बिस्तारै–बिस्तारे दिमागमा पुग्छ ।
– उनको परिवारले दिएको जानकारी अनुसार नदीमा करिब ४० जना पौडी खेलिरहेका थिए तर लिलीलाई मात्रै दिमागी ज्वरो आयो । सुरुमा आफूहरुलाई यो सामान्य जस्तो लागेपनि उनीहरुको छोरी अब कहिले पनि नउठ्ने गरी निदाएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण