अब सशस्त्र क्रान्ति गर्नुपर्दैन : सुवास नेम्वाङ

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवास नेम्वाङले संविधान कार्यान्वयका हिसावले सरकारले महत्वपूर्ण काम गरेको बताएका छन् । बर्षे अधिवेशनको अन्तिम दिन संसदमा मन्तव्य राख्दै नेता नेम्वाङले अधिवेसन चलेका समयमा महत्वपूर्ण कानुनहरु निर्माण गर्न सफल भएको बताएका हुन् ।
त्यस्तै उनले नेपालका राजनीतिक दलहरु जस्तोसुकै समस्यामा पर्दा पनि एक हुन सक्छन् भन्ने सन्देश दिन सफल भएको बताए । ‘दलहरुमा र संसदमा परेको जस्तोसुकै समस्यामा पनि वार्ता र संवादमा पुग्छन् भन्ने सन्देश दिन सफल भएका छौ’, नेम्वाङले भने, ‘यो सारै राम्रो काम भएको छ ।
संवाद र सहमतिबाट अघि बढ्न हामीले ऐतिहासिक काम र महत्वपूर्ण आधार बनाएका छौ ।’ उनले अब कसैले पनि राजनीतिक अधिकारका लागि आन्दोलन गर्नुपर्ने अवस्था नरहेको दावी पनि गरे । ‘अब कसैले पनि राजनीतिक अधिकारका लागि आन्दोलन गर्नुपर्ने अवस्था रहेन, सशस्त्र क्रान्ति गनुपर्दैन, महत्वपूर्ण र सकारात्मक यस्ता कुरालाई संसारलाई देखाउनुपर्छ’, उनले प्रमुख प्रतिपक्ष दलका नेताप्रति संकेत गर्दै भने, ‘अलिकति पनि निराश हुनुपर्ने अवस्था छैन ।
केही कमजोरी भए सच्याउन सकिन्छ । प्रतिपक्षलाई सम्मान गर्न चाहान्छौ ।’ उनले प्रतिपक्षको सम्मान भनेको नै हाम्रो सम्मान हो भन्दै हालको सत्तापक्ष र प्रतिपक्ष लामो समय सँगै यात्रा गरेको स्मरण गर्दै अझैपनि सम्बाद र सहमतिमार्फत अघि बढ्न सरकार र सत्तापक्ष तयार रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : टेरामक्स प्रकरणमा ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दादेखि पेट्रोलियम पदार्थको मूल्य घट्योसम्म
-
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भट्ट चयन
-
टेरामक्स प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दा
-
प्रदेशको बेरुजू एक वर्षमै थपियो ७६ करोड ५४ लाख
-
कोशीका दुई मन्त्रालयको ‘बेरुजु फर्छ्यौट अभियान’
-
‘सगरमाथा संवाद’ को तयारी पूरा, शुक्रबार उद्घाटन हुने