अब सशस्त्र क्रान्ति गर्नुपर्दैन : सुवास नेम्वाङ
काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवास नेम्वाङले संविधान कार्यान्वयका हिसावले सरकारले महत्वपूर्ण काम गरेको बताएका छन् । बर्षे अधिवेशनको अन्तिम दिन संसदमा मन्तव्य राख्दै नेता नेम्वाङले अधिवेसन चलेका समयमा महत्वपूर्ण कानुनहरु निर्माण गर्न सफल भएको बताएका हुन् ।
त्यस्तै उनले नेपालका राजनीतिक दलहरु जस्तोसुकै समस्यामा पर्दा पनि एक हुन सक्छन् भन्ने सन्देश दिन सफल भएको बताए । ‘दलहरुमा र संसदमा परेको जस्तोसुकै समस्यामा पनि वार्ता र संवादमा पुग्छन् भन्ने सन्देश दिन सफल भएका छौ’, नेम्वाङले भने, ‘यो सारै राम्रो काम भएको छ ।
संवाद र सहमतिबाट अघि बढ्न हामीले ऐतिहासिक काम र महत्वपूर्ण आधार बनाएका छौ ।’ उनले अब कसैले पनि राजनीतिक अधिकारका लागि आन्दोलन गर्नुपर्ने अवस्था नरहेको दावी पनि गरे । ‘अब कसैले पनि राजनीतिक अधिकारका लागि आन्दोलन गर्नुपर्ने अवस्था रहेन, सशस्त्र क्रान्ति गनुपर्दैन, महत्वपूर्ण र सकारात्मक यस्ता कुरालाई संसारलाई देखाउनुपर्छ’, उनले प्रमुख प्रतिपक्ष दलका नेताप्रति संकेत गर्दै भने, ‘अलिकति पनि निराश हुनुपर्ने अवस्था छैन ।
केही कमजोरी भए सच्याउन सकिन्छ । प्रतिपक्षलाई सम्मान गर्न चाहान्छौ ।’ उनले प्रतिपक्षको सम्मान भनेको नै हाम्रो सम्मान हो भन्दै हालको सत्तापक्ष र प्रतिपक्ष लामो समय सँगै यात्रा गरेको स्मरण गर्दै अझैपनि सम्बाद र सहमतिमार्फत अघि बढ्न सरकार र सत्तापक्ष तयार रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण