गणेशमान सिंहको शालिकमा माल्यार्पण
काठमाडौ – विसं २०४६ को जनआन्दोलनका कमाण्डर स्व गणेशमान सिंहको शालिकमा माल्यार्पण गरिएको छ । स्व सिंहको २२औँ स्मृति दिवसको अवसरमा आज गणेशमान सिंह फाउण्डेशनको आयोजनामा शोभाभगवतीमा आयोजना गरेको कार्यक्रममा स्व सिंहको शालिकमा माल्यार्पण गरिएको हो ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्व सिंहको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे । “स्व सिंह सङ्घर्षशील, त्यागी, लौहपुरुष, प्रजातान्त्रिक आन्दोलनलाई सहज ढङ्गले नेतृत्व गर्नसक्ने नेता हुनुहुन्थ्यो”, नेता सिंहले भने ।
पूर्वउपप्रधानमन्त्री सिंहले मुलुकमा विवादित अवस्थामा रहेका कम्युनिस्टलाई एक ठाउँमा ल्याउन सिंहको महत्वपूर्ण भूमिका रहेको बताए । एकदलीय शासन व्यवस्थामा विश्वास गर्ने कम्युनिष्टलाई बहुदलीय प्रजातन्त्रमा ल्याउन स्वर्गीय सिंहको महत्वपूर्ण योगदान रहेको छ”, उनले भने ।
वर्तमान सरकारले जनताको चाहना पूरा गर्न नसकेको उहाँको भनाइ छ । पार्टीका पूर्वमहामन्त्री सिंहले नेपाली काङ्ग्रेस संस्थागत रुपमा अगाडि बढ्न नसकेको बताए । काङ्ग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले स्व सिंहजस्तै व्यक्तिगत स्वार्थभन्दा मुलुकको स्वार्थलाई प्राथमिकता राखेमात्र देश विकास हुने बताए ।
काङ्ग्रेस काठमाडौँका सभापति सबुज बानियाँले गणेशमान सिंहले देखाएको बाटोलाई पार्टीले पछ्याउन नसकेको बताए । उनले गणेशमान सिंह पदका लागिभन्दा पनि राष्ट्रलाई केन्द्रमा राखेर अगाडि बढ्ने नेता भएको बताए ।
कार्यक्रममा विभिन्न जिल्लाका पार्टी सभापति, नेता तथा कार्यकर्ताले स्व सिंहको शालिकमा माल्यार्पण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण