कबिर सिंहपछि शाहिदले बढाए पारिश्रमिक, नयाँ प्रोजेक्टका लागि मागे यति करोड !
बक्स अफिसमा फिल्म कबिर सिंहको सफलतापछि शाहिद कपुरले अहिलेसम्म आफ्नो नयाँ प्राजेक्टबारे जानकारी दिएका छैनन् । यसैबीच खबर आएको थियो कि शाहिदले तेलुगू नायक नानीको सुपरहिट फिल्म जर्सीको हिन्दी रिमेकका लागि स्विकारोक्ति दिएका छन् । यो फिल्मलाई अमन गिल, अल्लू अर्जुन र निर्माता दिल राजू मिलेर बनाइरहेका छन् । चर्चा छ कि यो फिल्मका लागि शाहिदले पारिश्रमिकको रुपमा ठूलो रकम पाएका छन् ।
रिपोर्टका अनुसार फिल्म कबिर सिंहको सफलतापछि शाहिद कपुरले आफ्नो पारिश्रमिकमा वृद्धि गरेका छन् । शाहिद कपुरले यो फिल्मका लागि पारिश्रमिकमात्रै नभई फिल्मको नाफाको शेयर पनि माग गरेका छन् । भारतीय मिडियाका अनुसार उनले पारिश्रमिकको रुपमा ३५ करोड भारु लिएका छन् । साथै, उनी नाफाको २० प्रतिशत सेयर पनि लिनेछन् ।
शाहिद यो वर्ष नोभेम्बरमा उक्त फिल्मको सुटिङ गर्नेछन् । यसमा शाहिद र रश्मिका मंदाना सँगै काम गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन गर्दा मूल संरचनालाई कुनै पनि हालतमा खण्डित गर्न हुँदैन : रेग्मी
-
क्युबाका राष्ट्रपतिमाथि अमेरिकाले लगायो प्रतिबन्ध
-
१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य असम्भव छैन : डाँगी
-
राष्ट्रियसभा अध्यक्षलाई उपराष्ट्रपतिको जिम्मेवारी दिन सुझाव
-
‘निजी क्षेत्र नभएको भए देशले अझै २१ घण्टा लोडसेडिङ भोग्नुपर्थ्यो’
-
निर्वाचन आयोगमा ५ जना आयुक्त घटाएर ३ जना राख्न सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण