युरोपा लिग : युनाइटेड र आर्सनल विजयी
एजेन्सी । इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड र आर्सनलले युरोपा लिग फुटबलमा सफलता हात पारेका छन् ।
बिहीबार राती भएको समूह ‘एल’ को खेलमा युनाइटेडले काजकस्तानको एफसी अस्तानालाई १–० गोलले हरायो । उता, समूह ‘एफ’ मा रहेको आर्सनलले जर्मन क्लब फ्रान्कफर्टलाई ३–० गोलले पराजित गर्यो ।
घरेलु मैदानमा भएको खेलमा युनाइटेडको जितमा १७ वर्षीय युवा मिडफिल्डर मासोन ग्रिनवुड नायक बने । टोलीका अधिकांश युवा खेलाडीलाई मौका दिएको यनाइटेडका लागि मासोनले ७३ औँ मिनेटमा निर्णायक गोल गरेका थिए । युनाइटेडका लागि मासोनको यो पहिलो गोल हो ।
लगातार गोल गर्ने मौका बनाएपनि युनाइटेडको थप प्रयास असफल बनेको थियो । ८०औँ मिनेटमा रासफोर्डको प्रहार पोस्टमा लागेर फर्किएको थियो । एफसी अस्तानाले गोल गर्न लायक अवसर बनाउन सकेन ।
समूहमा पहिलो जितसँगै युनाइटेडले तीन अंक बनाएको छ ।
यसैगरी समूह ‘एफ’ मा अन्तर्गत आर्सनलले १० खेलाडीमा समेटिएको फ्रान्कफर्टमाथि प्रभावशाली जित निकाल्यो । आर्सनलका लागि जोसेफ विललकले ३८औँ मिनेटमा खाता खोले । ७९औँ मिनेटमा घरेलु टोली फ्रान्कफटका डोमिनिक कोर दोहोरो पहँेलो (रातो) कार्ड पाउँदै बाहिरिएका थिए । त्यसपछि आर्सनलले दुई गोल थपेको थियो । ८५औँ मिनेटमा बुकायो साकाले गोल गर्दै आर्सनलको अग्रता दोब्बर बनाए । ८८औँ मिनेटमा पिर्रे इमेरिक औँवामियाङले गोल गर्दै आर्सनलाई फराकिलो जित दिलाए ।
समूहमा पहिलो जितसँगै आर्सनलले तीन अंक बनाएको छ । फ्रान्कफर्ट अंकविहीन छ । यही समूहको अर्काे खेलमा स्टान्डर्ड लिजेले भिटोरिया डि गुइमारेसलाई २–० गोलले हरायो । जितसँगै स्टान्डर्ड लिजेले पनि तीन अंक बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण