यार्सागुम्बा बेचेर मोटरसाइकल
तिब्बतसँग जोडिएको गाउँ । मुलुकको सडक सञ्जालले छोएको छैन । आउजाउ र सामान ओसारपसारका लागि घोडा र याकको भर पर्नुपर्ने ४ हजार मिटरभन्दा बढी उचाइका बस्तीमा हिजोआज घोडोका टापको आवाज कतैकतै मात्र सुनिन्छ । बरु बस्ती थर्किने गरी मोटरसाइकल गुड्छन्, स्पिकरमा तिब्बती गीत घन्काउँदै ।
डोल्पाको बुद्धडोल्पो गाउँपालिकामा हिजोआज बाटो नै जाम हुने गरी मोटरसाइल कुद्न थालेका छन् । सदरमुकाम दुनै सडकले जोडिएको एक वर्षमात्र भएको छ । तर यो दुर्गम गाउँमा ३०० भन्दा बढी मोटरसाइकल स्थानीय बासिन्दाको भर–अभरको साथी बनेका छन् । बुद्धडोल्पो दुनैबाट तीन दिन पैदल दुरीमा छ । यहाँका छ वटै वडामा मोटरसाइकल चलिरहेका छन् ।
स्थानीय ताक्सीका पाल्जाङ गुरुङका अनुसार सबै मोटरसाइकल सीमावर्ती क्षेत्र मरिम लाबाट ल्याइएका हुन्. । त्यहाँ वर्षमा एकपटक बजार लाग्छ । स्थानीयले यार्सागुम्बा टिपेपछि २० दिनका लागि चिनियाँले सीमामा बजार खुला गर्छन् । त्यति नै बेला यार्सागुम्बा बेचेर स्थानीयले आवश्यक सामान खरिद गर्छन् । मोटर साइकल पनि सोही बेला खरिद गर्नेछन् । यो समाचार कान्तिपुर दैनिकमा अब्दुल्लाह मियाँले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण