नवलपुरमा लागु औषधसहित २ जना पक्राउ
शनिबार, ०४ असोज २०७६, १० : ४४
बुटवल । नवलपुरको देवचुली नगरपालिकाबाट दुई जना लागु औषधसहित पक्राउ परेका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत देवचुली-१५ धौलागिरी चोकमा प्रहरी टोलीले चेकिङको क्रममा लागु औषधसहित २ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कास्कीका ३२ वर्षीय डेबिड क्षेत्री र २४ वर्षीय कुमार खड्का रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिए ।
भैरहवाबाट म्याग्दीको बेनी जाँदै गरेको लु १ ख ७३९३ नम्बरको बसमा सवार उनीहरुलाई शंका लागेर जाँच गर्दा फेनरागन ३०, नोफिन ३० र डाइजोपाम ३० एम्पुल गरी ९० एम्पुल लागुऔषध बरामद भएको प्रहरी निरीक्षक ढकालले जानकारी दिए ।
पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कावासोतीमा राखि थप अनुसन्धान भैरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
-
तन्त्रमन्त्र गरेर पेट्रोल बचाइदिने आश्वास दिँदै रुसी तान्त्रिकको यस्तो धन्दा
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
-
अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागू भएपछि बढ्यो विश्व बजारमा तेलको भाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण