प्रकाश दाहाल स्मृति भलिबलको उपाधि पुलिसलाई
शनिबार, ०४ असोज २०७६, १७ : ००
काठमाडौं – प्रथम प्रकाश दाहाल स्मृति कप राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । नयाँ बसपार्क स्थित ढोरपाटन स्पोर्टस् क्लबको कोर्टमा शनिबार भएको फाइनल खेलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हरायो । पुलिसले तीनवटै सेट समान २५–२२ ले कब्जा जमाएको थियो ।
उपाधिसँगै पुलिसले पाँच लाख रुपैयाँ पुरस्कार पायो । दोस्रो भएको आर्मीले तीनलाख रुपैयाँ प्राप्त गर्यो । गण्डकी प्रदेश तेस्रो भयो । तेस्रो स्थानका लागि भएको खेलमा गण्डकीले एपीएफ क्लबलाई ३–२ को सेटमा हरायो ।
तेस्रो भएको गण्डकीले एक लाख र चाथो भएको एपीएफले ५० हजार रुपैयाँ पुरस्कार पायो । प्रगतिशिल युवा नेपाल गोरखा काठमाडौंले आयोजना गरेको प्रतियोगितामा आठ टोलीले भाग लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण