राजनीतिक शुद्धीकरणका लागि युवा सक्रिय हुनुपर्छ : अध्यक्ष तिमिल्सिना
काठमाडौं – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीतिक शुद्धीकरणका लागि युवाहरुले चासो दिनुपर्ने बताएका छन् । ‘नेपाल युथ एसडीजी समिट’को आज उद्घाटन गर्दै उनले देश र समाज परिवर्तका लागि युवालाई राजनीतितर्फ चासो दिन आग्रह गरे ।
“लामो राजनीतिक आन्दोलन र अभियानपछि देश स्थिरतातर्फ अगाडि बढेको छ”, अध्यक्ष तिमिल्सिनाले भने, “अब राजनीति र समाजलाई शुद्धीकरण गर्दै देशलाई समृद्धितर्फ अगाडि बढाउन युवाको सक्रियता आवश्यक छ ।”
नेपाल जस्तो सुन्दर र प्राकृतिक रुपमा विविधतापूर्ण देश गरीब हुनु बिडम्वना भएको उनको भनाइ थियो । दिगो विकासको लक्ष्य नेपालको राष्ट्रिय लक्ष्य भएको र त्यसका लागि संसद्, तीन तहका सरकार र यससँग सम्बद्ध संस्था सक्रिय हुन आवश्यक रहेको अध्यक्ष तिमिल्सिनाले बताए ।
युथ एड्भोकेसी नेपाल र नेपाल एसडीजी फोरमको संयोजन, राष्ट्रिय योजना आयोग, युनेस्को, भीएसओ नेपाल, एक्सन एड नेपालको सहकार्य तथा २५ भन्दा बढी गैरसरकारी संस्थाको आयोजनामा शुरु भएको कार्यक्रम एक सातासम्म चल्ने युथ एड्भोकेसी नेपालका अध्यक्ष नरेन खतिवडाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण