पछिल्लो तीन महिनामा काठमाडौँ जिल्ला अदालतमा ९९ प्रतिशत म्याद तामेली
सारांश
- काठमाडौँ जिल्ला अदालतमा पछिल्लो तीन महिनामा ९९ प्रतिशत म्याद तामेली भएको छ ।
- ६० हजार ३ सय ३७ म्याद प्राप्त सङ्ख्या मध्ये ५८ हजार ७ सय ९१ म्याद तामेल भएको छ ।
- म्याद तामेलीमा कर्मचारीबाटै ढिलाइ, पहुँचवाला व्यक्तिहरूबाट पनि म्याद तामेली प्रभावित हुने गरेको छ ।
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतमा पछिल्लो तीन महिनामा ९९ प्रतिशत म्याद तामेली भएको छ ।
अदालतमा ६० हजार ३ सय ३७ म्याद प्राप्त सङ्ख्या मध्ये ५८ हजार ७ सय ९१ म्याद तामेल भएको जिल्ला अदालतका सूचना अधिकारी शिव खतिवडाले जानकारी दिए ।
न्याय सम्पादन प्रक्रियामा विपक्षी वा सरोकारवालालाई अदालतमा हाजिर हुने सूचना दिनका लागि जानकारी गराउने अदालती प्रक्रियालाई कानुनी भाषामा म्याद तामेली भनिन्छ । तामेल भएको म्यादमध्ये पत्ते म्यादमा ४६ प्रतिशत र बेपत्ते म्यादमा ५० प्रतिशत रहेको छ ।
बेपत्ता भएका अधिकांश म्याद तामेलमा बैंकिङ कसुर मुद्दा, लेनदेन र सम्बन्ध विच्छेद तथा पुनरावेदन र लगत तर्फको म्याद रहेको सूचना अधिकारी खतिवडाले रातोपाटीलाई बताए । म्याद तामेलीमा कर्मचारीबाटै ढिलाइ, पहुँचवाला व्यक्तिहरूबाट पनि म्याद तामेली प्रभावित हुने गरेको छ । जालसाजी र विवादका कारण पनि ढिला हुने गर्दछ भने कुनै प्रक्रियागत त्रुटिले पनि सिङ्गो मुद्दाको कारबाही नै अवरुद्ध हुन्छ ।
धेरै बेपत्ते हुनुमा बैंकिङ कसुर मुद्दामा प्रतिवादीको वतन यकिन नहुनु, सम्बन्ध विच्छेद मुद्दा र लेनदेन मुद्दामा अस्थायी सिफारिसका आधारमा मुद्दा चल्दा म्याद तामेलमा समस्या देखिएको खतिवडा बताउँछन् । काठमाडौँमा भाडामा बस्ने व्यक्तिको ठेगाना परिवर्तन भई रहनु फिराद पत्रमा वतनसँगै फोन र इमेल राख्ने व्यवस्था भए पनि प्रयोग नभएको पाइएको छ ।
म्याद तामेली मुद्दा मामिलाको प्रारम्भिक भएका कारण यो प्रक्रिया पुरा नभएसम्म इजलासबाट सुनुवाइ वा निर्णय हुन सक्दैन । मुलुकभरका अदालतमध्ये काठमाडौँ जिल्ला अदालत सबैभन्दा बढी मुद्दाको चाप छ । आर्थिक वर्ष २०८२/८३ मा मात्रै २६ हजार ४४५ नयाँ मुद्दा दर्ता भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण