संयुक्त राष्ट्रसंघका महासचिवद्वारा चीनको प्रसंशा
एजेन्सी-संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसले संयुक्त राष्ट्र संघका कामहरूको अभिन्न अङ्ग बन्दै आएकोमा चीनको प्रसंशा गगरेका छन् ।
चीनले बहुपक्षीयतावादको खम्बा रहेर विश्व समुदायबीच मुख्य भूमिका निर्वाह गरिरहेको सत्तरीऔं वार्षिकोत्सव राष्ट्रिय दिवसका अवसरमा आयोजित एक कार्यक्रममा शुभकामना दिँदै उनले पठाएको एक सन्देशमा बताएका छन् । चीन र संयुक्त राष्ट्र संघले सधैं झैँ हाल पनि विश्वव्यापी विभिन्न समस्याको सामना गर्दै आएको उनले बधाई सन्देशमा उल्लेख गरेका छन् ।
दिगो विकास लक्ष्यको व्यवहारिक कार्यान्वयनमा चीनले नेतृत्वदायी भूमिका निर्वाह गरेको औंल्याउँदै महासचिव गुटेरेसले संयुक्त राष्ट्रसंघले दिगो विकासलाई अघि बढाउन चीनले प्रदान गरेको राजनैतिक र वित्तीय समर्थनप्रति धन्यवाद ज्ञापन गरेका छन् ।
संयुक्त राष्ट्र संघले शान्ति र सुरक्षा, मानव अधिकार तथा विकास क्षेत्रमा रहेका चुनौतीको सामना गर्ने क्रममा चीनले दिएको दृढ समर्थनप्रति पनि धन्यवाद व्यक्त गर्दै उनले चीनले अझ विशाल उपलब्धी हासिल गरोस् भन्ने शुभकामना दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण