एनआईसी एशिया बैंकका सीईओ रोशन न्यौपानेलाई ‘प्रबल जनसेवा श्री चतुर्थ’
काठमाडौं– एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेलाई प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) प्रदान गरिएको छ ।
संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवि भण्डारीबाट प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) द्वारा विभुषित गर्ने घोषणा भएको हो ।सरकारले संविधान दिवसका अवसरमा मुलुकका विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरु विभिन्न पदवीबाट विभुषित गर्ने गरेको छ ।
नेपाल सरकारको सिफारिसमा मुलुकको समग्र बैंकिङ्ग क्षेत्रमा न्यौपानेले र्पुयाएको योगदानको कदर स्वरुप संविधान दिवस २०७६ को अवसरमा शुक्रबार उक्त पदवीको घोषणा भएको हो ।
सिईओ न्यौपाने नेपालको बाणिज्य बैंकहरुमा कार्यरत प्रमुख कार्यकारी अधिकृतहरु मध्ये सवैभन्दा कान्छा सिईओ पनि हुन् । चार्टड एकाउण्टेन्ट समेत रहेका न्यौपाने रसुवामा जन्मिएका हुन् ।
नेपाल सरकारले घोषणा गरेको पदवी आगामी बैशाखमा दिने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण