बाख्रा चराउन गएका दुई बालिकाको पोखरीमा डुबेर ज्यान गयो
सिरहा– सिरहामा बाख्रा चराउन गएकी दुई बालिकाको आईतबार पोखरीमा डुबेर ज्यान गएको छ । गोलबजार नगरपालिका ९ गोविन्दपुरका राजु थापाकी १० वर्षीया छोरी प्रतिक्षा थापा र सविना खातुनकी १२ वर्षीया रानी खातुनको पोखरीमा डुबेर ज्यान गएको हो ।
साथीहरुसँगै जंगलमा बाख्रा चराउन गएकी उनीहरुको पोखरीमा नुहाउने क्रममा डुबेर ज्यान गएको वडाअध्यक्ष रामपुकार कामतीले जानकारी दिइन् । पानीमा डुबेपनि बाहिर नदेखिएपछि प्रहरी र स्थानीयले खोजेर पानीभित्रबाटै दुवै बालिकालाई निकालेको जनाए । दुवै बालिकाको शव पोष्टमार्टमको लागि रामकुमार उमाप्रसाद स्मारक अस्पताल लगिएको इलाका प्रहरी कार्यालय गोलबजारका इन्सपेक्टर जनक पुरीले जानकारी दिए ।
स्थानीय र प्रहरीले घटना भएलगत्तै उद्धारको प्रयास गरेपनि सफल हुन नसकेको बताए । प्रहरीले उद्धारको कोसिस गरेपनि पानीभित्रै शव डुवेर रहेकोले खोज्नै समय भएको बताए । थापाको बुबाको मृत्यु भइसकेको छ भने आमाले अर्कै विवाह गरिसकेकी छिन् । उनी हजुर आमासँग बस्थिन् । खातुनका बुबा बेपत्ता भएको वर्षौं भइसकेको छ भने आमाले अर्कैसँग विवाह गरेर गएकी छिन् । उनी मावलीमा बस्दै आएका थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण