संघीयता र लोकतन्त्र सिध्याउन नेकपा सरकार चीन पथमा हिड्यो : उपसभापति निधि
जनकपुर – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकार संघीयता र लोकतन्त्र विरोधी रहेको बताएका छन् । सोमबार धनुषाको नगराईन नगरपालिकामा आयोजित कार्यक्रममा उपसभापति निधिले सरकार सङ्घियता र लोकतन्त्र सिध्याउने षडयन्त्रमा लागेको आरोप लगाएका हुन् ।
चीनको पथमा हिडेको आरोप लगाउदै उनले नेकपा नेपालबाट संघीयता, लोकतन्त्र र संसदीय व्यवस्था अन्त्य गर्ने खेलमा लागेको बताए । दोस्रो चरणको राष्ट्रिय जागरण कार्यक्रम अन्तर्गत आयोजित आमसभामा उपसभापति निधिले भने ‘संघीयता र लोकतन्त्र सिध्याउने खेल अनुसार नेकपा चिनियाँ कम्युनिस्ट पार्टीको पथमा किन हिँड्न थाल्यो ।’
चीनमा लोकतन्त्र, संसदीय व्यवस्था र संघीयताको नरहेको उनले बताए । ‘नेपालका कम्युनिस्ट आफू प्रशिक्षित हुन कम्युनिस्ट पार्टी अफ चाइनाको विचार आयात गर्दैछन्, नेकपाका नेताहरुलाई प्रशिक्षण दिन चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख आउँदैछन्, यो सब के हो ?,’ उनले प्रश्न गरे ।
उनले संघीयता र संविधानमाथि अरु कोही भन्दा पनि नेकपा सरकारबाटै खतरा रहेको आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण