गौतम बुद्ध विमानस्थलः प्राविधिक उपकरण उडान र टर्मिनल भवनको काम अन्तिम चरणमा
मङ्गलबार, ०७ असोज २०७६, ०७ : २०
यहाँ निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका मुख्य संरचना तयार भएका छन् । प्राविधिक उपकरण उडान र टर्मिनल भवनको अन्तिम चरणको काम चलिरहेको छ ।
‘भौतिक पूर्वाधार निर्माण (सिभिल) तर्फका मुख्य संरचना तयार भइसकेका छन्,’ िवमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले भने,‘मौसमले साथ दिएमा आगामी दिसेम्बरसम्ममा विमानस्थल सञ्चालनका लागि योग्य बनाउनेछौं ।’
केही दिनयता भइरहेको वर्षाका कारण आयोजनास्थलको बाहिर क्षेत्रको काम भने रोकिएको छ । वर्षाले दैनिक एक सयभन्दा मजदुर कामविहीन छन् ।
हिलेसम्म तीन हजार मिटर लामो धावनमार्ग, तीनवटा ट्याक्सी वे, विमान पार्किङ क्षेत्र, टर्मिनल भवन, आठतले कन्ट्रोल रुम र प्रशासनिक भवन तयार भएका छन् । यी संरचनामा रंगरोगनका काम भइसकेको छ । यो समाचार कान्तिपुर दैनिकमा माधव ढुंगानाले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण