बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

अपर नौगाड जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु

मङ्गलबार, ०७ असोज २०७६, १५ : ३७
मङ्गलबार, ०७ असोज २०७६

काठमाडौं– अपि पावर कम्पनी लिमिटेडले आफ्नो दोस्रो परियोजना अपर नौगाड जलविद्युत आयोजना ८ मे.वा विद्युत उत्पादन सुरु गरेको छ । कम्पनीले निर्माण सम्पन्न गरी असोज ६ गते देखी विद्युत उत्पादन गरी परिक्षण प्रसारण सुरु गरेको हो । 

परिक्षण प्रसारण पुरा गरी यो आयोजनाले यही असोज १० गते देखि राष्ट्रिय ग्रिडमा विद्युत प्रवाह गर्ने अनुमान छ । 

२०७३ असोज १२ मा विद्युत खरिद बिक्री सम्झौता सम्पन्न भएको यो आयोजनाको कुल लागत रु. १६० करोड रहेको यस आयोजनाले बार्षिक ४.८७ करोड किलोवाट घण्टा विद्युत उत्पादन गर्ने अनुमान छ । 

यसमध्ये सुख्खा महिनामा १.१४ करोड र बर्षातको चार महिनाहरुमा ३.७५ करोड घण्टा किलोवाट विद्युत उत्पादन हुनेछ । 

यस आयोजनाबाट उत्पादन हुने विद्युत शक्ति नेपाल विद्युत प्राधिकरणले निर्माण गर्ने अत्तरिया वलाँच सवस्टेशन मार्फत राष्ट्रिय ग्रिडमा प्रवाह हुनेछ । यसबाट सुदुरपश्चिम प्रदेशमा भरपर्दो विद्युत आपुर्ति हुने विश्वास कम्पनीले लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप