अपर नौगाड जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु
काठमाडौं– अपि पावर कम्पनी लिमिटेडले आफ्नो दोस्रो परियोजना अपर नौगाड जलविद्युत आयोजना ८ मे.वा विद्युत उत्पादन सुरु गरेको छ । कम्पनीले निर्माण सम्पन्न गरी असोज ६ गते देखी विद्युत उत्पादन गरी परिक्षण प्रसारण सुरु गरेको हो ।
परिक्षण प्रसारण पुरा गरी यो आयोजनाले यही असोज १० गते देखि राष्ट्रिय ग्रिडमा विद्युत प्रवाह गर्ने अनुमान छ ।

२०७३ असोज १२ मा विद्युत खरिद बिक्री सम्झौता सम्पन्न भएको यो आयोजनाको कुल लागत रु. १६० करोड रहेको यस आयोजनाले बार्षिक ४.८७ करोड किलोवाट घण्टा विद्युत उत्पादन गर्ने अनुमान छ ।
यसमध्ये सुख्खा महिनामा १.१४ करोड र बर्षातको चार महिनाहरुमा ३.७५ करोड घण्टा किलोवाट विद्युत उत्पादन हुनेछ ।
यस आयोजनाबाट उत्पादन हुने विद्युत शक्ति नेपाल विद्युत प्राधिकरणले निर्माण गर्ने अत्तरिया वलाँच सवस्टेशन मार्फत राष्ट्रिय ग्रिडमा प्रवाह हुनेछ । यसबाट सुदुरपश्चिम प्रदेशमा भरपर्दो विद्युत आपुर्ति हुने विश्वास कम्पनीले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
-
खस्किएको गलैँचा उद्योग उकास्न सरकारको ५ वर्षे रणनीति : गाँजा र अल्लोको रेशाबाट गलैँचा बुनिने
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
-
समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक
-
वीरगन्ज क्षेत्रमा अवरुद्ध विद्युत् आपूर्ति सुचारु, दीर्घकालीन समाधान खोजियो
-
सिंहदरबार अगाडि घण्टी बजाएर विरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण