प्रहरीका तीन एआइजीको आकस्मिक सरुवा, को-कहाँ पुगे ?
बुधबार, ०८ असोज २०७६, २३ : १३
काठमाडौं- सरकारले नेपाल प्रहरीका तीन अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी)को आकस्मिक सरुवा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले प्रहरी अतिरिक्त महानिरीक्षकहरू पुष्कर कार्की, ठूले राई र धीरु बस्न्यातको सरुवा गरेको हो।
पुष्कर कार्कीलाई अपराध अनुसन्धान तथा कार्यविभागमा सरुवा गरिएको छ भने, एआइजी ठूले राईको प्रतिष्ठानमा सरुवा भएको छ । एआइजी धीरु बस्न्यातलाई भने मानव स्रोत तथा प्रशासन विभागमा सरुवा गर्दै तत्कालका लागि सुरक्षा परिषदमा काज सरुवा गरिएको जनाइएको छ ।
बस्न्यात यसअघिको सरुवामा पनि आर्थिक अनियमितता गरेको आरोपमा सरकारले सोही विभागमा पठाएर काजस्वरुप सुरक्षा परिषदमा तानिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण