जनकपुरमा विहानै गोली चल्यो, प्रहरीको गोली लागेर एकजना घाइते
बिहीबार, ०९ असोज २०७६, ०८ : ३०
जनकपुरमा प्रहरीको गोली लागेर एकजना घाइते भएका छन् । बिहिबार विहान ३ बजे डकैत गरिरहेका डाँकामाथि प्रहरीले गोली चलाएको हो ।
जनकपुरधाम उपमहानगरपालिका गेटमा रहेको जानकी फर्निसिङमा डकैती गरिरहेका चार डाँका भाग्न खोजेपछि प्रहरीले ३ राउण्ड गोली चलाएको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए ।
प्रहरीका अनुसार एक डाकाको खुट्टामा गोली लागेको छ । उनलाई उपचारका लागि जनकपुर अंचल अस्पतालमा भर्ना गरिएको छ ।
भने अन्य पक्राउ पर्नेमा २ जना भारतीय र २ जना रौतहटका छन् । प्रहरीले थप अनुसन्धान गरिरहेकाले पक्राउ पर्नेहरुको थप विवरण प्रहरीले बिहान ९ बजे प्रहरी कार्यालय धनुषामा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरी जवानको हत्यामा संलग्न नाबालकसहित ७ जना सार्वजनिक
-
प्रतिनिधि सभा बैठक सूचना टाँस गरेर २ बजेका लागि सर्यो
-
विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल
-
लम्बियो प्रतिनिधिसभा बैठक बस्ने समय
-
संसद् रङ्गमञ्च जस्तो भयो, बोल्न निषेध गर्न पाइँदैन : सीके राउत
-
राजाभन्दा धनी प्रधानमन्त्री छन् यस देशमा