जनकपुरमा विहानै गोली चल्यो, प्रहरीको गोली लागेर एकजना घाइते
बिहीबार, ०९ असोज २०७६, ०८ : ३०
जनकपुरमा प्रहरीको गोली लागेर एकजना घाइते भएका छन् । बिहिबार विहान ३ बजे डकैत गरिरहेका डाँकामाथि प्रहरीले गोली चलाएको हो ।
जनकपुरधाम उपमहानगरपालिका गेटमा रहेको जानकी फर्निसिङमा डकैती गरिरहेका चार डाँका भाग्न खोजेपछि प्रहरीले ३ राउण्ड गोली चलाएको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए ।
प्रहरीका अनुसार एक डाकाको खुट्टामा गोली लागेको छ । उनलाई उपचारका लागि जनकपुर अंचल अस्पतालमा भर्ना गरिएको छ ।
भने अन्य पक्राउ पर्नेमा २ जना भारतीय र २ जना रौतहटका छन् । प्रहरीले थप अनुसन्धान गरिरहेकाले पक्राउ पर्नेहरुको थप विवरण प्रहरीले बिहान ९ बजे प्रहरी कार्यालय धनुषामा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण