यस्तो हुँदैछ पोखरामा सागको तयारी
बिहीबार, ०९ असोज २०७६, ११ : १८
पोखरा । दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगीताको तयारी पोखरामा तीव्र गतिमा भइरहेको छ । मंसिर १५ देखि सुरु हुने प्रतियोगीताका २७ खेलमध्ये ७ खेल पोखरामा हुने छन् ।
अहिले भौतिक पूर्वाधार निर्माणको काम धमाधम भइरहेको छ । जसमा फुटबल मैदानको ६० प्रतिशत काम सकिएको छ ।
पश्चिमाञ्चल खेलकुद विकास समितिका इन्जिनियर प्रनिश ताम्राकारका अनुसार फुटबलको प्यारपिट र ग्राउन्ड स्ट्यान्डका लागि भारतबाट सामान मगाइएको छ । अन्य काम पनि तीब्र गतिमा भइरहेको उनको भनाई छ ।
साग खेल मध्ये पोखरामा महिला फुटबल, ह्यान्डबल, प्याराग्लाइडिङ, ट्रयाथलन, आर्चरी, भारत्तोलन र भलिबल प्रतियोगीता हुनेछ । क्रिकेट प्रतियोगीता समेत हुने भनिएपनि निश्चित नभएको इन्जिनियर ताम्राकारले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध, बैठक स्थगित
-
समर हुम्लीका हुम्ला–कर्णालीबारे ११ किताब
-
लण्डनमा बुद्ध जयन्ती मनाउन साढे तीन फिटको बुद्धको मूर्ति ल्याइयो
-
विरोध, बहिष्कार अनि विश्वासको मत, तस्बिरहरू हेर्नुहोस्
-
विपक्षमा शून्य मत हुँदा सत्ता पक्षकै तीन सांसद अनुपस्थित
-
नयाँ बानेश्वरमा विपक्षी दलको बैठक सुरु