शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुरको रत्नसागर पोखरीमा युवकको शव फेला

बिहीबार, ०९ असोज २०७६, १७ : २१
बिहीबार, ०९ असोज २०७६

जनकपुर– जनकपुरको एक पोखरीमा पुरुषको शव फेला परेको छ । जनकपुरस्थित रत्नसागर पोखरीमा एक पुरुषको शव फेला परेको हो । जनकपुर उपमहानगरपालिका ८ स्थित रत्नसागर पोखरीमा बिहीबार दिउँसो पानीमा तैरिरहेको अवस्थामा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेको थियो ।

प्रहरीका अनुसार मृतक ओखलढुङ्गा सुनकोशी गाउँपालिका वडा नम्बर १ बस्ने अन्दाजी ३० वर्षका राजकुमार राउतको रहेको बताए । शवलाई पोष्टमार्टमको लागि जनकपुर अञ्चल अस्पताल लगिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप