सौन्दर्यजन्य सामग्री छ अर्बको आयात
काठमाडौं – सौन्दर्य तथा ‘कस्मेटिक’ व्यवसायका क्षेत्रमा वार्षिक करीब रु छ अर्बको सामग्री आयात हुने गरेको छ ।
आगामी मङ्सिर ५ देखि ८ गतेसम्म गर्न लागेको ‘हेल्थ एण्ड ब्युटी एक्स्पो’ का बारे जानकारी दिन ब्राण्डवर्थ प्राइभेट लिमिटेडले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो ।
सङ्घका अध्यक्ष कमला श्रेष्ठले पछिल्लो समय बजारमा कमसल तथा न्यून गुणस्तरका सौन्दर्य सामग्रीको आयात र कारोवार बढ्दै गएकाले त्यसले छाला बिगार्ने, रोग लाग्न सक्ने हुँदा त्यसतर्फ सचेत हुनुपर्ने बताए । डा. आयुषमान घिमिरेले सरकारले बजारमा नियमन गरी गुणस्तरहीन सामग्रीको आयातमा रोक लगाउन माग गर्दै स्वदेशी जडीबुटीको उत्पादनमा जोड दिए ।
पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठले मानिसहरु सौन्दर्यप्रति संवेदनशील बन्दै गएकाले जैविक विविधताले भरिएको मुलुकमा विभिन्न जडीबुटीलाई व्यावसायिकरूपमा उपयोग गर्नुपर्ने विचार व्यक्त गरे ।
एक्स्पोमा कस्मेटिक सामग्री, व्यावसायिक तालीम, जिम तथा फिटनेस सेन्टर, योगा तथा ध्यान केन्द्र, फेसन शोलगायत विभिन्न स्वास्थ्य संस्थाका १०० स्टल हुने छन् । एक्स्पोमा छालासम्बन्धी विशेषज्ञद्वारा सेमिनार सञ्चालन गरिने पनि जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण