एसी मिलानलाई कमजोर टोली टोरिनोको नमिठो झट्का
इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलानलाई तुलनात्मक रुपमा कमजोर टोली टोरिनोको नमिठो झट्का लागेको छ । टोरिनोको घरेलु मैदानमा बिहिबार राति भएको खेलमा मिलान टोरिनोसँग २–१ गोलले पराजित भयो ।
मिलानको यो जारी लिगमा लगातार दोस्रो हार हो । समग्रता तीन हार खेपिसकेको मिलान तालिकामा कमजोर बन्दै गएको छ । अघिल्लो खेलमा मिलान इन्टरसँग २–० र उडिनेसीसँग १–० गोलले पराजित भएको थियो ।
प्रतिस्पर्धात्मक खेलमा सुरुवाती अग्रता मिलानले लिएको थियो । मिलानका लागि १९औं मिनेटमा क्रिजिस्टफ पियाटेले पेनाल्टीमार्फत गोल गरेका थिए । टोरिनोका लोरेन्जो डि सिल्भेस्ट्रीले फलगरेपछि मिलानले पेनाल्टी पाएको थियो । दोस्रो हाफमा सानदार प्रदर्शन गरेको टोरिनोका लागि ७२औं मिनेटमा आन्द्रेय बेलोटीले बराबरी गोल फर्काए ।
आन्द्रेयले ७६औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै टोरिनोलाई जिताएका थिए । जितसँगै पाँच खेलबाट नौ अंक बनाएको टोरिनो पाँचौं स्थानमा छ । समान खेलबाट ६ अंक बनाएको मिलान १०औं स्थानमा छ । शीर्ष स्थानमा रहेको इन्टर मिलानको १५ अंक छ । दोस्रो स्थानमा रहेको युभेन्ट्सको १३ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण