नयाँ नोट पाएर दङ्ग (फोटोफिचर)
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले काठमाडौ उपत्यका सँगै देशका विभिन्न स्थानबाट शुक्रबारबाट दशैंका लागि नयाँ नोट सटही सेवा प्रदान गरेको छ । राष्ट्र बैङ्कसँगै अन्य बैङ्कले नयाँ नोट वितरण गर्न थालेपछि शुक्रबार बिहानैबाट बैङ्कहरूमा सर्वसाधारणको लाइन लागेको छ ।
विगत वर्षहरुका तुलनामा यो बर्ष पहिलो दिन नयाँ नोट लिनेहरुको चाप बैङ्कहरुमा कम देखिएको छ । सेवाग्राहीले आधा घण्टादेखि एक घण्टासम्म लाइनमा बसेपछि नोट पाएको प्रतिकृया दिएका छन् ।
जेष्ठ नागरिकहरूलाई कार्डको आधारमा लाईन बस्न नपर्नेगरी व्यवस्था मिलाइएको छ ।

दशैंमा हुने नयाँ नोटको मागलाई मध्यनजर गर्दै नोट सटही सुविधा उपलब्ध गराएको राष्ट्र बैङ्क मुद्रा व्यवस्थापन विभागले जनाएको छ । राष्ट्र बैङ्कका अनुसार यो सुविधा असोज १७ गतेसम्म प्रदान गरिनेछ ।
नेपाल राष्ट्र बैङ्कका अनुसार, उपत्यकाभित्र विभिन्न बैङ्कसँग मिलेर ५, १०, २०, ५० र १०० दरका नोट सटहीको व्यवस्था मिलाइएको छ । राष्ट्र बैङ्कले अघिल्ला वर्षहरूमा थापाथलीस्थित कार्यालयबाट रकम वितरण गर्ने गरपनि यसपटक राष्ट्र बैङ्कले बालुवाटारबाटमात्रै गरेको छ ।

उपत्यकाभित्र राष्ट्र बैङ्कबाहेक नेपाल बैङ्क लिमिटेड, राष्ट्रिय वाणिज्य बैङ्क र कृषि विकास बैङ्क लिमिटेडका शाखाबाट पनि सेवाग्राहीले नयाँ नोट सटहीको सुविधा लिन सक्ने राष्ट्रबैङ्कले जनाएको छ ।
राष्ट्र बैङ्कका अनुसार, नेपाल बैङ्क लिमिटेडका उपत्यकाका ७ शाखा न्युरोड, कीर्तिपुर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट नयाँ नोट सटहीको व्यवस्था मिलाएको छ । त्यस्तै, राष्ट्रिय वाणिज्य बैङ्कको सिंहदरबारस्थित केन्द्रीय कार्यालयसँगै सिंहदरबार परिसर, टेकु, नयाँ बानेश्वर , सानो थिमि, विशाल, बजार, नक्साल, बालाजु, लुभु र टोखा शाखाबाट पनि कार्यालयले पनि असोज १७ गतेसम्म सेवाग्राहीले नयाँ नोट लिनसक्नेछन् ।

राष्ट्र बैङ्कका अनुसार, कृषि विकास बैङ्कले उपत्यकाका ६ वटा शाखाबाट नयाँ नोट वितरण भइरहेको छ । गौशाला, गठ्ठाघर, रामशाहपथ, रत्नपार्क, थानकोट र पुल्चोक शाखाबाट रकम वितरण हुने भएकाले ती स्थानबाट नोट सटही गर्न राष्ट्र बैङ्क, मुद्रा व्यवस्थापन विभागले सुझाएको छ । तोकिएका बैङ्कहरुबाट सेवाग्राहीले प्रतिव्यक्ति १८ हजार खुद्रा नयाँ नोटमात्र साट्न सक्ने छन् ।













खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्रीको भनाइबारे एमालेले माग्यो जवाफ
-
हेलिकप्टर दुर्घटनामा अमेरिकी गायक ओलिभर ट्रीको निधन
-
श्रमिकको टेम्पो भिरबाट खसालिएको घटनाप्रति प्रगतिशील लोकतान्त्रिक पार्टीको आपत्ति, कारबाहीको माग
-
रियो दि जेनेरियोमा दुई हेलिकप्टर ठोक्किँदा ६ जनाको मृत्यु
-
प्रतिनिधि सभा बैठकमा विपक्षीहरूको विरोध
-
संघाई समूह र इलाम नगरपालिकाबीच जुहारी : चिया बगान उजाड, ब्रिटिसकालको मेसिनको अत्तोपत्तो छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण