संसद् बैठक
परराष्ट्रमन्त्रीको भनाइबारे एमालेले माग्यो जवाफ
सोमबार, ०१ असार २०८३, ११ : ३५
सारांश
- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले परराष्ट्रमन्त्री डा. बिमला राई पौड्यालले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिको जवाफ मागेको छ ।
- एमाले उपनेता पद्मा अर्यालले परराष्ट्रमन्त्रीले 'अतीतको बोझ बोक्न सक्दैनौं' भन्नुको अर्थ कालापानी, लिपुलेक लगायतका नेपाली भूभागमाथिको दाबी त्याग्नु हो कि भनेर प्रश्न गरेकी छन् ।
- उनले यस विषयमा सरकारले स्पष्ट पार्नुपर्ने माग गरेकी छन् ।
काठमाडौँ । विपक्षी दल नेकपा एमालेले भारत भ्रमणका क्रममा परराष्ट्रमन्त्री शिशिर खनालले अभिव्यक्त गरेको अतीतको बोझ बोक्न सक्दैनौ भन्ने भनाइबारे जवाफ मागेको छ । प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले भारत भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले व्यक्त गरेको अभिव्यक्तिको जवाफ मागेकी हुन् ।
‘परराष्ट्रमन्त्रीले भारत भ्रमणका क्रममा भारतीय समकक्षीसँग बस्दा इतिहासको बोझ बोक्न नसक्ने बताउनु भएको कुरा आएको छ,’ अर्यालले भनिन्, ‘पारी बाघ कराएको यता बाख्रो हराएको जस्तो भएको छ । अतीतको बोझ बोक्न सक्दैनौँ भनेर के विषय भन्न चाहनु भएको हो, त्यसको जवाफ माग्न चाहन्छौँ ।’
अर्यालले कालापानी लिपुलेक लगायतका जमिनबारे नेपालको दाबालाई बोक्न सक्दैनौ भनेर परराष्ट्रमन्त्रीले भन्न खोज्नु भएको हो भन्ने प्रश्न पनि गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्याण्ड र क्रोएसियाको खेल खेलाउने रेफ्री टर्पिन, जसलाई टुकलले दिएका थिए ‘ग्रेड ई’ को दर्जा
-
संसदीय समितिमा चार सदस्यहरू हेरफेर
-
रास्वपा कर्णाली अधिवेशन: निर्वाचन प्रक्रिया सुरु
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक नेपालभरको प्रयोगशाला सञ्चालन गर्ने विधेयक होइन : मन्त्री पुन
-
बलियो सरकार, कमजोर नैतिकता र ‘ह्वाटअबाउटिज्म’को दलदल
-
आउनुस्, हाम्रो सामुदायिक विद्यालयलाई जोगाऔँ !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण