हेलिकप्टर दुर्घटनामा अमेरिकी गायक ओलिभर ट्रीको निधन
सारांश
- ब्राजिलमा भएको हेलिकप्टर दुर्घटनामा परेर ३२ वर्षीय अमेरिकी पप गायक ओलिभर ट्रीको निधन भएको छ ।
- रियो दि जेनेरियो सहरको पश्चिमी क्षेत्रमा दुई हेलिकप्टर एक आपसमा ठोक्किएर दुर्घटना हुँदा विमानमा सवार सबै ६ जनाको ज्यान गएको छ ।
- दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको छ र ओलिभर ट्रीका चर्चित गीतहरूमा ‘लाइफ गोज अन’, ‘मिस यू’ र ‘एलियन ब्वाय’ रहेका छन् ।
रियो दि जेनेरियो । अमेरिकी पप गायक ओलिभर ट्रीको निधन भएको छ । ब्राजिलमा भएको हेलिकप्टर दुर्घटनामा परेर ३२ वर्षीय गायकको निधन भएको हो । आइतबार बिहान दुई हेलिकोप्टर एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा विमानमा सवार सबै ६ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
दुर्घटना ब्राजिलको रियो दि जेनेरियो सहरको पश्चिमी क्षेत्र रेक्रेइओ दोस बान्देइरान्तेस माथि भएको थियो । ठोक्किएपछि हेलिकप्टरहरू एउटा विद्युतीय सवारी साधन बिक्री केन्द्रको पार्किङ क्षेत्रमा खसेका थिए, जसका कारण करिब २० वटा गाडीमा आगलागी भएको थियो । ब्राजिलका अधिकारीहरूका अनुसार दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको छ । हेलिकप्टरमध्ये एउटामा पाँच जना सवार थिए भने अर्कोमा पाइलट मात्रै थिए ।
विश्व भ्रमणको क्रममा ब्राजिल पुगेका ओलिभर ट्री दुर्घटनाग्रस्त हेलिकप्टरमध्ये एकमा सवार थिए । उनीसँगै अर्जेन्टिनी युट्युबर गास्पार प्रिम (गास्पी), ब्राजिलियन संगीतकार लुकास ब्रिटो चाभेस, भिडियो निर्देशक लुकास भिग्नाले तथा दुई पाइलटको पनि मृत्यु भएको बताइएको छ ।
ट्री आफ्नो विशिष्ट कपाल शैली र अनौठो प्रस्तुतीकरणका कारण चर्चित थिए । ‘लाइफ गोज अन’, ‘मिस यू’ र ‘एलियन ब्वाय’ उनका चर्चित केही गीतमा पर्दछन् । मासिक १ करोड १० लाखभन्दा बढी श्रोतासहित उनी स्ट्रिमिङ प्लेटफर्महरूमा अत्यन्त लोकप्रिय कलाकारमध्ये एक थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय समितिमा चार सदस्यहरू हेरफेर
-
रास्वपा कर्णाली अधिवेशन: निर्वाचन प्रक्रिया सुरु
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक नेपालभरको प्रयोगशाला सञ्चालन गर्ने विधेयक होइन : मन्त्री पुन
-
बलियो सरकार, कमजोर नैतिकता र ‘ह्वाटअबाउटिज्म’को दलदल
-
आउनुस्, हाम्रो सामुदायिक विद्यालयलाई जोगाऔँ !
-
यार्सागुम्वा उत्पादन ६० प्रतिशतले घट्यो : सांसद बुढा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण