युवा उद्यमीहरु बढदै गएकोमा मन्त्री यादव खुसी
काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले मुलुकमा युवा उद्यमीहरु बढदै गएकोमा खुसी व्यक्त गरेका छन् । मन्त्री यादवले युवा उद्यमीमार्फत् स्वदेशी उत्पादनलाई बढावा दिन सरकारले आवश्यक वातावरण बनाई दिने प्रतिवद्धता पनि व्यक्त गरे ।
उनले सरकारले स्वदेशी उत्पादन र त्यसको बजारीकरणका लागि अन्तर्राष्ट्रिय मेलाहरुमा नेपाली बस्तुहरुको सहभागिता बढाउन सक्दो पहल गर्ने सरकारको नीति रहेको पनि स्मरण गराए । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सहभागी हुनु भएका मन्त्री यादवले सञ्चारकर्मीमाझ मुलुकमा उद्योग विकासका शुभसंकेतहरु देखिएको गएको उल्लेख गर्दै त्यसको विकासका लागि आवश्यक सबै खालको सहजीकरण गरेर अघि बढन सरकार तयार रहेको पनि बताए ।
त्यसका लागि सरकारले स्वदेशी बस्तुको उत्पादनलाई जोड दिईरहेको पनि मन्त्री यादवको दावी छ । मन्त्री यादवले मुलुकमा भईरहेको औद्योगिक मेलाहरुले पनि उद्यम विकासमा महत्वपूर्ण योगदान पु¥याइरहेको पनि स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहट दुर्घटना : मृतकको पहिचान खुल्यो
-
१० बजे १० समाचार : १० सचिवको सरुवा, ट्राफिक नियम उल्लङ्घनमा हर्क सम्पाङलाई कारबाही
-
रास्वपा सभापति लामिछानेले भेटे राष्ट्रपति, के भयाे कुराकानी ?
-
निर्वाचन विधेयकले कानुनी रूप लिएपछि धेरै कुरा समेटिने छ : आयुक्त तुलाधर
-
नेपाल अर्बपतिहरूको गन्तव्य बन्न सक्छ : अर्थमन्त्री
-
अभाव हटे पनि निगम किन बेच्दैन भरी सिलिन्डर ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण