जनकपुरमा १८ किलो चाँदीसहित एकजना पक्राउ
शुक्रबार, १० असोज २०७६, १५ : २६
जनकपुर– जनकपुरबाट भारतीय सिमावर्ती क्षेत्रतर्फ अबैधरुपमा साढे १८ किलो चाँदी लैजादै गर्दा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरीका पीपरा गाउँपालिका वडा नम्बर ५ सहरबा बस्ने वर्ष ३० का भरतकुमार साह रहेका छन् ।
जनकपुर उपमहानगरपालिका वडा नम्बर २२ बासविट्टीमा शुक्रबार चेकजाँचको क्रममा सशस्त्र प्रहरीले उनलाई पक्राउ गरेको हो । ज ७ प ५७७१ नम्बरको मोटरसाईकलमा जनकपुर हुँदै सिमावर्ती क्षेत्रबाट भारततर्फ गइरहेका उनीबाट ५ वटा प्लास्टिकको पोकामा रहेको सो परिणामको चाँदी बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेतीले जानकारी दिए ।
बरामद चाँदी १३ लाख ५० हजार रुपैयाँ मूल्य बराबर रहेको छ । पक्राउ परेका साहलाई भन्सारमा बुझाउने तयारी भइरहेको उनले उप्रेतीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
-
तन्त्रमन्त्र गरेर पेट्रोल बचाइदिने आश्वास दिँदै रुसी तान्त्रिकको यस्तो धन्दा
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
-
अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागू भएपछि बढ्यो विश्व बजारमा तेलको भाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण