यस्तो छ नौबिसे–नागढुङ्गा सडकको ताजा अवस्था
काठमाडौँ– काठमाडौँ– नौबिसे नागढुङ्गा सडकखण्ड विगत चार दिनदेखि अत्यधिक सवारी जामको चपेटामा परेको छ । दसैँको मुखमा यात्रुहरु घण्टौँसम्म जाममा बिताउन बाध्य छन् ।
त्यस क्षेत्रको जाम अन्य दिनको तुलनामा शुक्रबार दिउँसोबाट केही हदसम्म खुलेको प्रहरी बताउँछ । तर जताततै बिग्रिएका सडकका कारण कुनैपनि बेला जाम बढ्न सक्ने प्रहरीले जनाएको छ ।
प्रहरी जाम हुनुको मुख्य कारण बिग्रेको सडक नै भएको बताउँछ । ‘जताततै सडक भत्केको छ । खाल्डाखुल्डी पनि यहिबेला पुर्न थालिएको छ । जसले गर्दा सडक हिलाम्य भएको छ,’ ईलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी इन्सपेक्टर रुकबहादुर खड्काले बताउँछन् ।

उनले ठूलो भारवहन क्षमताका १० चक्के ट्रक समेत यहि सडक भएर गुड्ने तर त्यस्ता ठूला सवारीसाधनलाई मोडमा मोड्ने ठाउ नपुगेकाले पनि समस्या भएको बताए ।
‘कतिपय स्थानमा लामा र ठूला सवारी साधनलाई मोडनै पुग्दैन । जर्वजस्ती ति गाडि चलाउँदा उकालोमा भार थाम्न नसक्दा बिग्रने गर्छन् । एउटा बिग्रेपछि पूरै सडक अवरुद्ध हुन्छ,’ उनले भने, ‘थानकोटदेखि खानी खोलासम्म २०/२५ वटा साना पुल छन् ति पुलमा ठूला सवारीलाई टर्निङ नै पुग्दैन ।’
त्यस्तै थानकोटदेखि धादिङको खत्रीपौवासँम्म चारवटा ट्रक बिग्रेका छन् । ती ट्रकका कारण पनि समस्या भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
-
ओझेलमा परेका पर्यटकीय गन्तव्यलाई राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा चिनाउने अभियान सुरु
-
कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
