सिटिजन्स बैंक एजीएमः १२ प्रतिशत नगद लाभांश र ३ प्रतिशतल बोनस शेयर दिने
काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १३औं वार्षिक साधारण सभाले वितरण योग्य मुनाफाबाट १२ प्रतिशत नगद लाभांश र ३ प्रतिशतल बोनस शेयर दिने प्रस्ताव पारित गरेको छ ।
संचालक समितिका अध्यक्ष डा.शंकर प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न सभाले आ.व. २०७५/७६ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित पनि गरेको छ ।
बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०७६ आषाढ मसान्तको वासलात, आ.व. २०७५/७६ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु छलफल गरी स्वीकृत भएको छ ।
त्यसै गरी साधारण सभाले गत आर्थिक वर्ष २०७५/७६ को वितरण योग्य मुनाफाबाट १२ प्रतिशतले हुने रकम रु. १ अर्ब ४५ लाख २७ हजार ७ सय ७३ नगद लाभांश र ३ प्रतिशतले हुने रकम रु. २५ करोड ११ लाख ३१ हजार ९ सय ४३ बरावरको बोनस शेयर दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।
साधरणसभाले संस्थापक समूह अन्र्तगत राजन सिंह भण्डारी, प्रवल जंग पाण्डे रसजन शर्मालाई निर्विरोध निर्वाचित गरेको छ । यसै गरी सर्वसाधारणको तपÞर्m भएको निर्वाचनबाट सीता कार्की ( के.सी.) निर्विरोध निर्वाचित भइन् । साधारणसभा पछि आजै बसेको संचालक समितिको ३१४ औं बैठकले राजन सिंह भण्डारीलाई अध्यक्षको रुपमा मनोनयन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण