जिम्बावेले ६४ रनमा गुमायो ५ विकेट, चम्किए सन्दीप
काठमाडौं – सिंगापुरमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत नेपाल र जिम्बावेबीचको खेल जारी छ । सिंगापुरस्थित इन्डियन एसोसियसनको खेल मैदानमा जिम्बावेले जवाफी ब्याटिङ गरिरहेको छ । १० ओभरको समाप्तीमा जिम्बावेले ६४ रन जोड्दा ५ विकेट गुमाएको छ । जिम्बावेलाई नेपालले दिएको १३३ रनको लक्ष्य प्रस्तुत गरेको छ । लेग स्पिनर सन्दीप लामिछानेले ३ विकेट लिएपछि जिम्बावेको इनिङस धरासायी बनेको हो ।
घ ओभरमा सन्दीपले १३ रन खर्चेर ३ विकेट लिएका हुन् । यस्तै कप्तान पारस खड्का र कुशल मल्लले एक – एक विकेट लिए । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १३२ रन जोडेको थियो । नेपालका लागि उपकप्तान दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ४० रन बनाए । सोमपाल कामीले अविजित २५ रन बनाउदा विनोद भण्डारी ११ रनमा अविजित रहे ।
यस्तै कप्तान पारस खड्काले १८ तथा सन्दीप जोराले १७ रन बनाए । जिम्बावेविरुद्धको ईशान पाण्डे र कुशल मल्लले राष्ट्रिय टिममा डेब्यु गरेका हुन् । ईशान ४ र कुशल २ रनमा आउट भए भने आरिफ शेख ८ रनमा आउट भए ।
जिम्बावेका सिन विलियम्सले २ विकेट लिए । यस्तै नेभिले माड्जिभा, विलिङटन मासाकाड्जा, रायन ब्रुल र टेण्डाई चतराले एक एक विकेट लिए । सिरिज अन्तर्गत नेपालले दोस्रो खेलमा शनिबार सिंगापुरसँग खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण